पोखरा
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा, पोखरा आर्ट ग्यालरीमा सोमबारदेखि दुईदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनीको सफल समापन भएको छ ।

अमेरिका, डेनमार्कसहित , फिलिपिन्स ,आयरल्याण्ड,र विभिन्न देशका २६ जना विदेशी कलाकार तथा २४ जना नेपाली कलाकारको चित्रकला प्रदर्शनीमा समावेश गरिएको छ।

प्रदर्शनीमा पानी रङ, एक्रेलिक रङ, तथा २३ क्यारेट सुनको जलप प्रयोग गरेर बनाइएका चित्रहरू प्रदर्शनमा राखिएका छन्।

आयरल्याण्डकी लोरा मर्फीले नेपाली हातले बनाइएको कागजमा आफ्नो कला प्रस्तुत गरिन्। उनले रातो पृष्ठभूमिमा कल्पना गरिएको युवतीको अनुहार बनाएकी थिइन्। लोरा भन्छिन्, “नेपाली कागज बलियो र सुन्दर छ, जसले मेरो चित्रलाई नयाँ रूप दियो।”

साथै, सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङले भनेका छन्, “नेपाली र विदेशी कलाकारले एकै ठाउँमा कला प्रदर्शन गर्दा आपसी सिकाइ र अनुभव आदान–प्रदानको उत्कृष्ट अवसर मिलेको छ। यो कार्यक्रमले पोखरालाई अन्तर्राष्ट्रिय कला क्षेत्रको गन्तव्य बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।”

कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले कला र संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, “पोखरालाई कला र संस्कृतिको गन्तव्य बनाउन कलाक्षेत्रलाई स्थानीय मौलिकतासँग जोड्नुपर्छ। यसले पोखरामा पर्यटकहरूलाई थप आकर्षित गर्नेछ र हाम्रो सांस्कृतिक सम्पदालाई पनि संरक्षण गर्नेछ।”

त्यस्तै, पोखराका पर्यटन व्यवसायी डिन तुलाधरले कलाको महत्त्वलाई पर्यटनसँग जोड्दै भने, “कलाको माध्यमबाट पोखराको प्राकृतिक सुन्दरताको प्रचार-प्रसार गर्न सकिन्छ। यहाँ आयोजना गरिएका यस्ता प्रदर्शनीहरूले न केवल पर्यटकहरूलाई आकर्षित गर्छन्, तर स्थानीय अर्थतन्त्रलाई पनि सबल बनाउँछन्।”

प्रदर्शनीमा सहभागी नेपाली तथा बिदेशी कलाकारहरु :-
- छेत्र लाल कायस्थ
- शिव सिर्पाली
- दल बहादुर गुरुङ
- सुदिन श्रेष्ठ
- बिश्व केसी
- अमृत परियार
- गौरव बाबु घिमिरे
- बमन चालिसे
- पारु अधिकारी
- आकाश गुरुङ
- हेम कान्ति गुरुङ
- निशान थापा
- हरे राम जोजिजु
- मनोज तामाङ
- मदन राई
- रिक गुरुङ
- झबिन्द्र गुरुङ
- पदम घले
- राम गुरुङ
- दुर्गा बराल
- सुनिल सिग्देल
- राधिका कँडेल
- प्रकाश अधिकारी
- नगेन सिंह ठकुरी
- बुद्धि गुरुङ
- विकास श्रेष्ठ
- विम्बरली बर्टन
- लोरे आइज्याक्स
- भीले लोपेज
- केरी करिल्लो
- डेभिड करिल्लो
- लिसा सिर्जेन्जा
- हुसा एडम्स
- क्याथरिन एन्डरसन
- न्यान्सी टरबिट स्टुअर्ट
- एमी-लिन गम्प्रेक्ट
- सिबिल रोब
- सुसन जस्टस
- एलिस गालिक
- लोरी व्रुबेल
- स्ट्यान फ्र्याङ्कन्थालर
- लेस्ली क्लार्क
- बेस फ्रेन्च
- ट्रेसी वाल्ड्रोन
- इभेटे डुआर्टे
- डाइटलिन्ड भ्यान्डर स्चाफ
- मिशेल र्यान्डल
- सीन प्याट्रिक ओ’ग्राडी
- केभिन कोनवे

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र विभिन्न संस्थाको संयुक्त आयोजनामा सम्पन्न यो प्रदर्शनीले नेपाली कला र संस्कृतिको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरेको छ।
पोखराका मेयर धनराज आचार्य तथा पर्यटन व्यवसायी डिन तुलाधरका विचारहरूले यो प्रदर्शनीले पोखरालाई कला, संस्कृति, र पर्यटनको केन्द्र बनाउने दिशामा महत्त्वपूर्ण योगदान दिने देखिन्छ।





