नया सरकार चुनौती र अवसर
देसमा यस्तो अकल्पनीय ढङ्गले दुई तिहाइको सरकार बन्ला भन्ने कुरा जो कसैले पनि सोचेको पनि थिएनन् होला यहासम्म कि स्वँय रवि वालेनले पनि सोचेको थिएनन् होला तर फागुन २१ को जनमत यस्तो आइदियो कि पुरानो सत्तालाइ बढारेरै छाड्यो ।देसले इतिहासमै नभएको नरसंहार ब्यहोरेर देस पुरै खरानिमय भएपछि भने धन्नै दुई तिहाइ बहुमत ल्याएर बनेको सरकारका लागि भने सत्ता चलाउनु फलामको चिउरा चपाउनु सरह हुने देखिन्छ। किन भने देसमा दसकौ सत्ता चलाएर पुराना भनिएका दल र नेताहरु चुनावमा जनमतबाट बढारिए पनि उनिहरुमा रहेको सत्ता स्वादको त्यो तिर्खा भने अझै मेटिएको छैन। जसले गर्दा नया सरकारका हरेक कदममा उनिहरुले काडा बिछ्याउने छन्। अवरोध र विरोध गर्ने छन् ।फेरि नेपालको राजनीतिक सत्तामा भए केही पनि गर्न नसक्ने सत्ता बाहिर भए विरोध र अवरोध मात्रै गर्ने परम्परागत नै छ। त्यसैले सत्ता चलाउनु नया सरकारका लागि त्यति सजिलो भने छैन। नया सरकारका लागि एकातिर त्यतिका धेरै जनताले विश्वास गरेर भारि मतका साथ सत्तामा पुर्याएका छन् ,जसलाई बिर्सनै नहुने भएको छ।त अर्कोतिर पुराना सत्ता धारि हरुले गरेका कुकर्म र भ्रष्टाचार लाई अन्त्य गर्न र शुशासन स्थापित होला भनेर जनताले दिएको विश्वासको मत प्राप्त गरेको जनताको त्यो विश्वास लाई जिवित राख्नु छ।,भने अर्कोतिर तिर देसलाइ बर्बाद पार्ने भ्रष्ट हरुलाइ कारवाहि गरेर देखाउनुका साथै आम जनतामा नया सरकार भएको अनुभुती गराउनु छ। ४६ पछिका सबै फायल खोल्नु छ। राजनीतिक मसिहा हरुलाइ चिसो छिडिमा पुर्याउनु छ।आम जनतालाई परिवर्तनको आभास गराउनु छ। नया नीति नियम ऐन कानुन बनाउनु छ। बर्षौ जरा गाडेर बसेका विशाल वृक्ष समान भ्रष्टाचारका बीस वृक्षहरुलाइ ढाल्नु छ। ४६ यताका पटकपटक भएका परिवर्तनका लागि भएका जनसङ्घर्ष दस बर्षे जनयुद्ध ६२/६३ जनआन्दोलन सहिद वेपत्ता घाइते द्वन्द्व पिडितहरुका बर्षौदेखि थाति रहेका पीडा र सन्तापलाइ सम्बोधन गर्नु छ। ८२ भाद्र महिना २३ मा जेनजि आन्दोलनको क्रममा भएको नरसंहार र २३ र २४ मा भएको झडपमा परेका शहिद घाइते हरुको आलो रगत अझै सुकि सकेको छैन। देसका हजारौ लाखौ युवाहरुले गरेको जेनजि आन्दोलन लाई पुर्णता दिनु छ। सरकार चलाउनु चानचुने कुरा हैन। यतिबेला सत्तामा गएकाहरु क्षमतावान शिक्षित जरुर छन् । तर सत्ता सञ्चालन गर्ने अनुभव छैन नया सरकारका लागि जताततै चुनौती नै चुनौतिका पहाड छिचोल्दै अगाडि बढ्नु छ।
पुराना अनुभवि होउ भन्ने हरुकै नादानिका कारण नेपाली जनताले मनगठवन्धन गरेजस्तो गरि स्वतस्फूर्त जनमतको एकता भएजस्तो गरि जुन मतदान गरेर सत्तामा पुर्याए ।
आज तिनै नया भनिएका दल र नेताहरु शासन सत्तामा पुगेर भ्रष्ट हरुलाइ कारवहि गर्नकै लागि आतुर छन्।
पुराना भनिएका हरु भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएर अनुभव भएको घमण्डले भरिपुर्ण मात्र हैन सत्त बाहिर हुनु पर्दा र जनताले मात्र हैन आफ्नै पाटिका कार्यकर्ताले भोट नदिएको प्रति आक्रोश ब्यक्त मात्रै गरेका छैनन् रिसै रिसले पुर्ण रुपले चुर छन्।
सायद नेपालकै राजनीतिक इतिहासमा आम नेपाली जनताले लगभग दुई तिहाइ पुग्ने गरि मतदान गरेर नया सरकार प्रति जुन विश्वास र आस भरोसा गरेका छन् यो नै पहिलो पटक होला। त्यसैले नया सरकारका लागि देस पुर्णतः खरानिमय भएको अवस्था देसको मुलशक्ति युवा शक्ति दिनहु बिदेस पलायन भइरहेको अवस्था ,देसमा भएका सम्पूर्ण सँरचना ध्वस्त भएको , देस आर्थिक रुपले अत्यन्तै शिथिल भएको अवस्थामा देस को शासन सत्ता चलाउनु सामान्य अवस्था हैन।आम नेपालि जनतालाई छिटोभन्दा छिटो परिवर्तनको सन्देस दिदै विश्वास दिलाउनु छ। विभिन्न जात जाति भाषा भेष धर्म सँस्कृति वर्ग क्षेत्र लिङ्ग सबैखाले शक्तिहरुलाइ मिलाउनु छ। सबैले देखेका र देखाइएका सबैका सपना पूरा गर्नु छ।। देसमा भएका ध्वस्त सँरचना पुन निर्माण गर्नु छ।सङ्कल्प पत्रमा भएका सम्पुर्ण बिषयलाइ लिएर अगाडि बढ्नु छ। पुराना भनिएका दल र नेचा हरुले आला काचा ढोटे अनुभव हिन नया हरुले चलाएको सरकार भनेर पुरानाले लगाएको आरोपलाइ चिर्दै भ्रष्ट माफिया तस्कर राजनीतिक विचौलियाहरुको घर घरमा छिर्दै तिनलाई नियन्त्रणमा लिएर प्रमाण सहित कानुनि कारवाहि गर्नु छ। त्यसैले त नया सरकार का लागि शासन सत्ता चलाउनु हजारौं बिषय र दर्जनौं चुनौती छन्। नया सरकरका अगाडि चुनौती मात्र हैन प्रसस्त अवसर हरु पनि छन्। नया सरकारका लागि चुनौती सगै अवसरहरु पनि प्रस्रस्त छन् । अब नया शक्तिले त्यति ठूलो सिङ्गो देस र जनता माथि भएको क्षति हानि नोक्सानि लाई मात्रै हैन ती सहिद आमा बा हरुको छातिमा परेको गहिरो चोटमा मलम पट्टि लगाएर जलेको मन र पोलेको हृदयमा सितलता प्रदान गर्नु छ।बर्षौदेखि दबिएका थिचिएका पिसिएका चिसिएर आसा सहित मरेका मन हरुलाइ न्याय दिदै ती सबका सब मनलाइ पुन जगाउनु छ।
ती बर्षौ देखि भ्रष्टाचार गरेर पटकपटक सत्तामा रहेर बूढो गोरुले भकारो ततेरे झै गरि सिहदरबारमा जीवन व्यतीत गरेर पनि माखो नमारेका भ्रष्ट शासक हरुको भ्रष्टको जालो तोड्ने मात्रै हैन सिङ्गो न्यायालय ,अख्तियार ,सम्पत्ति शुद्धीकरण गर्ने, न्यायिक निकाय मार्फत दसकौ पहिला देखि हुदै आएका दर्जनौ भ्रष्टाचार हरुको चिरफार गर्नु छ। त्यसैले भन्नै पर्ने हुन्छ पुराना दल र नेताहरुकै नादानि र बैमानिकै कारण नयाले जन्म लिए ।नयाले नेपाली जनताको विस्वासीलो आधार स्तम्भ खडा गर्न सफल भए। यसको कारण अरु केही नभएर पुरानाकै गल्तिकै कारण आम नेपालि जनताले नया दल र नेताहरु पुर्णतः ठिक छन् भनेर भन्दा पनि पुराना दल र नेताहरुप्रतिको आक्रोसलाइ मतदान द्वारा पोख्ने काम गरेका हुन् भन्ने कुरामा कसैको पनि दुई मत नरहला। त्यसैले भन्नै पर्ने हुन्छ। नया सरकारका लागि जति चुनौति त्यतिनै अवसर भन्नू पर्ने अवस्था आएको छ। त्यो त समयले वताउला । पुराना ठिक कि नया ठिक त्यसका लागि धेरै पर्खि रहनु नपर्ला सयदिनले देखाउला।
