Thursday, September 10News That Matters

ताजा समाचार

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा पुनः किशोर गौतम

ताजा समाचार, मुख्य समाचर
नेपाल हेभी इक्युप्मेन्ट अपरेटर संघ पोखराको अध्यक्षमा किशोर प्रसाद गौतम पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संघको आइतबार अवेर सम्पन्न पाँचौँ अधिवेशनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।कार्यसमितिको उपाध्यक्षमा अनन्तराज पौडेल, सचिवमा कृष्णप्रसाद पौडेल, कोषाध्यक्षमा विशाल पौडेल र सहसचिवमा अर्जन अधिकारी चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद भण्डारी, राजकुमार पौडेल, महेश्वर आचार्य र विश्वास अधिकारी रहनुभएको छ । निर्वाचन समितिको संयोजकमा सुशीलकुमार वाग्ले तथा सदस्यमा उमनाथ आचार्य र विष्णु अधिकारी रहनुभएको थियो । यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक प्रकाश बरालले हेभी इक्युप्मेन्ट अपरेटरहरूले देश निर्माणमा महत्वपूर्ण योगदान गरे पनि उनीहरूको काम र योगदानको उचित कदर हुन नसकेको बताउनुभयो।“यो जनशक्तिले ...
दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

खेलकुद, ताजा समाचार, मुख्य समाचर
दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए  । करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयो...

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

ताजा समाचार
पोखरा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भदौ १० गतेको विनाशकारी बाढीबाट पीडितहरूको सहयोगार्थ एक महिनाको तलब प्रदान गरेका छन् । प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले विज्ञप्तिमार्फत् एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराएका छन् । बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाको सहयोग हेतु प्रदेश प्रमुखले सहयोग जम्मा गरेको उनले जनाए । प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा भोकनिद्रा नभनी अनवरत खटिएका सुरक्षाकर्मी, मित्र राष्ट्रहरूबाट आएका उद्धार टोली, तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र, सम्पूर्ण स्वयंसेवी टोली एवं आर्थिक सहयोगदातासमेतलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । गण्डकी प्रदेश सरकारले उद्धार कोषमा चार करोड दिने निर्णय गरिसकेको छ । यस्तै, प्रदेश भित्रका मृतक तथा बेपत्ता भएका...
पोखरामा भलले बगाएका आमा–छोरीको उपचारका क्रममा मृत्यु

पोखरामा भलले बगाएका आमा–छोरीको उपचारका क्रममा मृत्यु

ताजा समाचार, मुख्य समाचर
पोखरामा भलले बगाएर उद्धार गरिएका आमा–छोरीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–३०, ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेका छन्।जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, कास्कीका अनुसार शुक्रबार दिउँसो करिब ४ बजे सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै थिइन्। पोखरा महानगरपालिका– ७ स्थित हर्कचोकमा स्कुटर साइड लगाएर वर्षामा हिँड्ने क्रममा सडक नालीबाट आएको भेलले सुष्मा र उनकी छोरीलाई बगाएको थियो। घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा दुवै जनालाई साँझ ४ बजेर २३ मिनेटमा पोखरा–१७, बिरौटास्थित नहर कुलोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धारपछि उनीहरूलाई उपचारका...
गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने पत्रकारलाई फुटसलको मैदानमा उतार्दै कल्प मिडिया

गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने पत्रकारलाई फुटसलको मैदानमा उतार्दै कल्प मिडिया

ताजा समाचार, मुख्य समाचर
कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ ।पोखरा रंगशालाको मल्टिपर्पाेज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् ।प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरािसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन् ।प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ...
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि वडा स्तरीय कमिटी गठन

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि वडा स्तरीय कमिटी गठन

ताजा समाचार
बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्की CWES, कास्की को समन्वयनमा पोखरा महानगर पालिकाको वडा नम्बर २४ मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि वडा स्तरीय समिती गठन भएको छ।  आयोजित कार्यक्रमको सभाध्यक्ष तथा वडा अध्यक्ष भरत वहादुर अधिकारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय जनताको महत्त्वपूर्ण जिम्मेवारी रहने वताउदै ,समाजमा रहेका सामाजिक ब्यक्तित्व तथा सचेत नागरिकले यस्ता गतिविधि हुन नदिन सदैव चनाखो रहनु पर्ने वताउनु भयो । सिङ्गो समाजमा दुषित पार्ने यस्ता कार्यमा लाग्ने हरु लाई बेलैमा पहिचान गरि यस्ता गतिविधि हुन नदिन र नियन्त्रण गर्नका लागि स्थानीय सरकार साथै विभिन्न सँघ सँस्थाको पनि उत्तिकै जिम्मेवारी रहने कुरामा जोड दिनु भयो । वडा नम्बर २४ कार्यालयमा आयोजित सो कार्यक्रममा स्वागत मन्त्क्य सहित कार्यक्रमको उधेश्य को   बारेमा बाल तथा महिला सशक्तीकरण...
पोखरा बसपार्क निर्माणमा भूमिहीनको आवाज: ‘पहिले सम्मानजनक व्यवस्थापन, त्यसपछि स्थानान्तरण’

पोखरा बसपार्क निर्माणमा भूमिहीनको आवाज: ‘पहिले सम्मानजनक व्यवस्थापन, त्यसपछि स्थानान्तरण’

ताजा समाचार, मुख्य समाचर
पोखरा, साउन ९ — पोखरा–९ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीले उचित व्यवस्थापनको सुनिश्चितता नगरी कुनै पनि प्रकारको स्थानान्तरण स्वीकार्य नहुने बताएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति, जिल्ला समिति कास्कीले शनिबार आयोजित पत्रकार सम्मेलनमा बसपार्क निर्माणप्रति आफूहरू सकारात्मक रहे पनि प्रभावित परिवारको सम्मानजनक पुनर्स्थापना, जग्गाको सुनिश्चितता र आधारभूत पूर्वाधारको व्यवस्था भएपछि मात्र स्थानान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको हो। समितिले २०३६ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ। पत्रकार सम्मेलनमा समितिले पुनर्स्थापनाका लागि आधारभूत पूर्वाधारसहित उपयुक्त स्थानको व्यवस्था, लालपुर्जाको प्रक्रिया अघि बढाउने निर्णय तथा प्रत्य...
श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशीसहित ९ जनाको गिरोह पक्राउ, सुन–नगदसहित विभिन्न सामान बरामद

श्रृंखलाबद्ध चोरीमा संलग्न ४ विदेशीसहित ९ जनाको गिरोह पक्राउ, सुन–नगदसहित विभिन्न सामान बरामद

ताजा समाचार, मुख्य समाचर
पोखरा, कास्की प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा ४ विदेशी नागरिकसहित ९ जनाको गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्लो समय पोखराका विभिन्न क्षेत्रमा चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धान गर्दै उक्त गिरोहलाई चोरीका सामानसहित पक्राउ गरेको हो। पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू विभिन्न मितिमा पोखरा महानगरपालिका–६, ८, १७ र १८ का घर तथा डेरामा चोरीका घटनामा संलग्न रहेका छन्। उनीहरूले सुनका गरगहना, नगद, मोबाइल, ल्यापटपलगायतका सामग्री चोरी गरेको आरोप छ। अनुसन्धानका क्रममा प्रहरीले ९ थान मोबाइल फोन, १ थान स्मार...
क्रबाजी सिङ्दी तमु समाजको वर्चस्व, १० किलोमिटर दौडमा रमेश गुरुङको गौरवपूर्ण सफलता

क्रबाजी सिङ्दी तमु समाजको वर्चस्व, १० किलोमिटर दौडमा रमेश गुरुङको गौरवपूर्ण सफलता

ताजा समाचार, मुख्य समाचर
पोखरा, हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाज ले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको छ। पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजका रमेश गुरुङ ले निर्धारित दूरी ३५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। सोही समाजका प्रवीन गुरुङ ले ३७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा चन्द्र सुभ्बा गुरुङ ले ३७ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे। यससँगै व्यक्तिगततर्फ शीर्ष तीन स्थान नै क्रबाजी सिङ्दी तमु समाजका धावकहरूले आफ्नो नाममा पार्न सफल भए। टिम प्रतिस्पर्धामा पनि क्रबाजी सिङ्दी तमु समाजले २८ अंक जोड्दै च्याम्पियनको उपाधि जित्यो। पाइको तमु समाज, पोखरा–१२ ६७ अंकका साथ उप...
पत्रकार भुपाल गुरुङलाई ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ अर्पण

पत्रकार भुपाल गुरुङलाई ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ अर्पण

ताजा समाचार, मुख्य समाचर
पोखरा, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई अर्पण गरिएको छ। गत जेठ २० गते कास्कीको घान्द्रुकमा आयोजित छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापनमा गुरुङलाई सम्मान गर्ने कार्यक्रम थियो। तर, अकस्मात एपेन्डिक्सको समस्याका कारण उनी अस्पताल भर्ना हुनुपरेपछि स्थगित भएको उक्त पुरस्कार बुधबार पोखरामा आयोजित एक विशेष कार्यक्रमका बीच अर्पण गरिएको हो। पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ। मुख्य विशेषताहरू र पुरस्कार वितरण पुरस्कारको गरिमा: अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना पत्रकारलाई हरेक वर्ष जुन ३ (अन्नपूर्ण आरोहण दिवस) का अवसरमा यो पुरस्कार प्रदान गरिँदै आएको छ। पुरस्कार समर्पण: प्रतिभा छनोट समितिको सिफारिसमा समितिका अ...