Sunday, December 7News That Matters

मोटरसाइकलको ठक्करबाट चेकजाँचमा खटिएका प्रहरी घाइते

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा ६ जरेवरमा चेकिङका लागि खटिएका प्रहरी कमाण्डर चेकिङ्कै क्रममा मोटरसाइकलले ठक्कर दिदा घाइते भएका छन् ।
गए राति करि १२ बजे देखि ३ बजेका लागि वप्रका बैदाम बाट (प्रवह )पुर्ण वहादुर बरामको कमाण्डमा खटिएको ४ जनाको टोलिले सवारी चेकजाँच गर्नेक्रममा अन्दाजी १२.४५ बजे रातिको समयमा जिरो किमि तर्फबाट हल्लनचोक तर्फ जाँदै गरेको ध२ प ४३७१ नम्बरको एनएस मोटरसाइकलले रुपन्देही मर्चवार गाउपालिका वडा नम्बर ४ घर भइ गण्डकी प्रदेस प्रहरी कार्यालय पोखरा दरबन्दी भइ हाल वप्रका बैदाममा कार्यरत बर्ष २६ प्रज परशुराम धोबिलाइ ठक्कर दिएपछि गम्भीर घाइते भइ खुट्टा फ्याक्चर भएका उनलाई मेट्रोसिटि अस्पताल सृजनाचोकमा उपचारका लागि पठाइएको जिल्ला ट्राफिक प्रहरी कास्कीले जनाएको छ।

दुर्घटना भए लगत्तै वप्रका बैदाम बाट सुमीत कुशवाहको कमान्डमा खटिएको ७ जनाको टोलिले कास्की जिल्ला रुप गाउपालिका वडा नम्बर ७ बस्ने बर्ष २२ का सन्देस सुवेदी र पछाडि सवार म्याग्दी जिल्ला घर भै पोखरा महानगर पालिका २६ विजयपुर बस्ने बर्ष २१ का अनुपम सुवेदिलाइ नियन्त्रणमा लिइएको जनाएको छ।
नियन्त्रणमा लिइएका दुबैले मापसे गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस