मिडिया कप फुटसलको उपाधि एनएसजेएफ गण्डकीलाई, बागलुङ उपविजेता
फोटो :-प्रकाश अधिकारी
पोखरा,
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले जितेको छ।
शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा भएको फाइनलमा एनएसजेएफ गण्डकीले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै एनएसजेएफ गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा एनएसजेएफ गण्डकीका धनबहादुर गुरुङ ‘सुमन’ उत्कृष्ट प्रशिक्षक घोषित भए। उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे। नेपाल पत्रकार महासंघ बागलुङका रोहन जीसी उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गर...









