डेभिस फल्स ठेक्कामा दिने निर्णयपछि भएको सार्वजनिक सुनुवाइ असन्तुष्टिपूर्ण बनेको छ।
पोखरा
डेभिस फल्स ठेक्कामा दिने निर्णयपछि भएको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयको आक्रोश नियन्त्रण गर्न नसक्दा मेयर धनराज आचार्यलगायत जनप्रतिनिधि सुरक्षा घेरामा बाहिरिएपछि सहभागीबीच विवाद चर्किएको थियो। त्यही क्रममा वंशसिंह खवासले नेपाल विद्यार्थी संघका नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार गरेका हुन्।पौडेलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईका अनुसार खुकुरी प्रहार गर्ने खवासलाई पनि स्थानीयले नियन्त्रणमा लिएर लछारपछार गरेपछि घाइते अवस्थामा गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको हो।खवासबारे विस्तृत जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ। डीएसपी भट्टराईले उपचारपछि घटना सम्बन्धी थप अनुसन्धान अघि बढाइने बताए।
...









