Wednesday, April 22News That Matters

महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले महा आरति गर्ने

यो समाचार शेयर गर्नुहोस्

मङ्लवार १७

पोखरा १७ महतगौडा सितापाइला सदा शिवजि सिद्देस्वर  हरिहर मन्दिर सेवा समितिले गतशाल  ०७९ माघ १ गते  पोखराको सेती खोचमा यतियर दुर्घटना भइ निधन भएका हरुप्रति भावपुर्ण श्रद्धाञ्जली सहित बार्षिक तिथि र  मितिमा यहि ०८० माघ १ गतेकै दिन  सबै मृतकहरुको आत्मको चिर शान्तिका लागि महा आरति गर्ने भएको छ।

समितिमा अध्यक्ष नगेन्द्र शर्मा भण्डारिले अघिल्लो बर्ष माघे सक्रान्तिकै दिन भएको अकल्पनिय दुर्घटना भएको कारण आफुुलाइ अत्यन्तै मर्माहत तुल्याएको जनाउदै सेतिमै दुर्घटना भएको हुदा सेतिकै किनारामा रहेको मन्दिरमा आफुहरुले यस बर्ष  सोही दिन साझ ५ बजे वहाहरुको स्मृतिमा  सबैको आत्मको चिर शान्तिको  कामना गर्दै महा आरती गर्ने वताए।

अध्यक्ष भण्डारीले सबै मृतकहरुको आत्मले शान्ति पाओस् भन्नका लागि गर्न लागेको बार्षिक स्मृति  तथा महा आरति कार्यक्रममा उपस्थिति हुनका लागि सबैमा अनुरोध समेत गरेका छन्।

प्रतिकृया दिनुहोस