Sunday, March 23News That Matters

नीतिको खेती सिद्धान्त र विचारको व्यापार

यो समाचार शेयर गर्नुहोस्

देशमा सङ्घीय लोकतान्त्रिक  गणतन्त्र त आयो तर हिजो देश बनाउछौं भन्ने हरुनै  पछिल्ला केही बर्ष यता नीतिको खेती सिद्धान्त  र  विचारको व्यापार गर्नमा तल्लिन देखिन थालेका छन् । यहि कुरा हामी नेपाली जनताले भनेका मात्रै  हैनौं नेता मन्त्री, माननीय ज्यु हरुमा देखिएको प्रवृत्ति र जिवनशैलिले त्यस्तै सङ्केत  देखाएको छ। कुनै पनि देशको सर्वाङ्गिण विकासका लागि राज्यव्यवस्था संचालनका लागि राजनीति अपरिहार्य छ। जसले देशमा आफ्नो नीतिलाइ प्रवेश गराउँदै, स्थापित गराउँदै, कानुन मात्रै बनाउदैन आफ्नो विचार आम जनता माझ प्रवाह गर्छ आफ्नो  सिद्धान्त विचार र नीति पार्छ, आफ्नो सिद्धान्त  नीति र विचार लाई आम जनता बिचमा स्थापित गर्छ , आम जनताको मन जित्न सफल भएर चुनावमा विजय प्राप्त गर्छ, सत्तामा पुग्छ राज्य व्यवस्था सहि ढङ्गले संचालन गर्छ र असल शासकको परिचयसहित असल शासकको रुपमा सिङ्गो देशमा स्थापित हुन सफल हुन्छ ।

तर नेपालको राजनीतिमा भने नेपालमा ०४६ साल यता राजनीतिक पार्टीहरुले पार्टीको सिद्धान्त विचार र नीति लाई  अगाडि बढाउने क्रममा पार्टीलाइ बलियो बनाउने र स्थापित गर्ने नाममा शासन सत्तामा पुगेर देश र जनताको हित भन्दा पनि अहित हुने काम गर्दै आएको देखिन्छ। ४६ पछि शासन सत्ता सम्हाल्दै आएका पार्टी हरुले देश र जनता भन्दा पनि पार्टी र कार्यकर्तालाइ केन्द्रमा राख्दै आएकै कारण देशले उँभो हैन उँधो गति लिदैँ गयो। १० बर्षे जनयुद्द हुँदै ०६२/०६३ जनआन्दोलन पछि देशमा जब व्यवस्था परिवर्तन भयो त्यसपछि ता झन् बिभिन्न नाममा र वहानामा दर्जनौ पार्टी का दुकान पसल  र फर्महरु खुले ती पसल र फर्महरु चलाएर यो वा त्यो नभनौ सबै पार्टीका नेताहरुले  नीतिको खेती  सिद्धान्त र विचारको व्यापार गर्न थाले । त्यसका लागि शासन सत्तामा पुग्नका लागि साम, दाम, दण्ड, भेद भनेझै गरि  लाखौं करोडौं खर्च गरेरै भएपनि चुनावमा जित्नै पर्ने सत्तामा पुग्नै पर्ने प्रवृत्ति झाङ्गिदै जान थाल्यो।  

यहाँसम्म कि जुन पार्टी सत्तामा जान्छ त्यहि पार्टीकै बोलाबाला हुन्छ स्वास्थ्य, शिक्षा, सुरक्षा, न्यायालय, धार्मिक क्षेत्र, खोलानाला ठेक्का पट्टा, दान अनुदान, विकास निर्माणका कामदेखि लिएर वैदेशिक रोजगार, कृषि जहाँतहि आफ्नै मान्छे राख्नु पर्ने र जहाँतहि आफ्नै मान्छे हुनु पर्ने परिवारवादले प्रसय पाउनु पर्ने त्यस्तो राजनीति हुन थाल्यो । जसले गर्दा जहाँतहि उहि लथालिङ्ग देशको भताभुङ्ग चाला जस जसले सक्ला उसै उसैले खाला भनेजस्तो हुन थाल्यो ।  यहासम्म कि प्रतिपक्षि पनि आफ्नो स्वार्थ पुराहुने देखेमा खुसुक्क सहमतिमा जाने स्वार्थ पुरा नहुने देखेपछि खुव प्रतिपक्षको भूमिका निर्वाह गरेको छु झै गरि लाजै नमानि संसद चल्नै नदिने फेरि यस्सो भनेजस्तो भयो कि त सुक्या पात जस्तै ओइलाएर जाने देश भाडमा जाओस् भनेझै गरि खानेबेला मिलेर खाने जुन प्रवृत्ति पार्टी र नेताहरुमा देखियो यसले गर्दा देश झन् दिनप्रतिदिन उँधोगतिमा लागेको मात्रै छैन। कतै  देशै रित्तो हुने ता हैन ? भन्ने खतरा पैदा भएको छ।

त्यसैले अब आम नेपाली जनताले सबै दल र नेताहरुसँग जहाँ देख्यो त्यहि प्रश्न गर्नै पर्ने हुन्छ। के यहि हो तपाईं हरुको नीति ? हो । पार्टीको सिद्दान्त र विचार यहि हो राजनिति भन्नै पर्ने भएको छ। किन भने यहाँ सबै भन्दा सम्पन्नशालि ती भएका छन् जसले राजनिति गरेर  राजनिती गर्ने नाममा र वहानामा नीतिको खेती सिद्दान्त र विचारको व्यापार गरि रहेछन्।  अब राजनितिका नाममा यसरि खेती र व्यापार गर्नेहरुलाइ हामी आम नेपाली जनताले बेलैमा पहिचान गरि पाखा लाउनु पर्छ नत्र उहि भनाइ नै छ, देश रहे हामी रहौंला देशै नरहे हामी पो कहाँ रहौंला ? हो, यहि भनाइ लाइ आत्मसात गर्दै अब पनि हामी आम नेपाली जनता अघि बढेनौं भने नरहला बास नबन्ला बासुरी भनेजस्तो हुने सङ्केत देखिँदै आएको छ। त्यसैले अब आम जनता सचेत हुँदै राजनितिका नाममा खोलिएका यि पसले नेताहरु बाट टाढा रहँदै होशियारिपुर्वक अगाडि बढ्दै देश बचाउनु छ। यिनको राजनितिका नाममा र वहानामा  गरेको नीति खेती सिद्दान्त  र विचारको ब्यापार बन्द गराउन तिर लाग्नु पर्ने देखिन्छ। जबसम्म हामीले यस्ता पसलेहरुलाइ सदाका लागि धपाउदैनौं तब सम्म हामीआम नेपाली जनता महङ्गाइ भ्रष्टाचार आर्थिक सङ्कट वेरोजगार  भएर बाच्न न मर्न बाध्य हुने छौ। त्यसैले  अब देशमा बिभिन्न नाममा र वहानामा खोलेका नीतिको खेती सिद्दान्त र  विचारको व्यापार गर्ने यी भ्रष्ट माफियाहरुलाइ  सदाका लागि विदा गर्ने बेला आएको छ।  र यतिबेला को असल नेता कुन असल पार्टी भन्ने कुरा छुट्याउने  गम्भीर समय  आएको छ। यो समयलाइ ख्याल गर्दै राष्ट्र राष्ट्रियताको महत्त्व र गरिमा लाई बुझ्दै अब देश बनाउने असल र खराव छुट्याउने  जिमेवारि र सहि समय  हामी तिन करोड नेपाली जनताकै काधमा आएको छ।। #सबैमा चेतना भया

प्रतिकृया दिनुहोस