Friday, May 1News That Matters

टाटा एसके ६१२ पोखरामा सार्वजनिक, ढुवानी क्षेत्रमा नयाँ विकल्प

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

पोखरामा टाटा ऐसके ६१२ गाडी सार्वजनिक गरिएको छ। सिप्रदी ट्रेडिङको आयोजनामा दुई दिनसम्म चलेको कार्यक्रममा उक्त गाडी औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा गण्डकी मझौला मिनी ट्रक व्यवसायी संघ र गण्डकी ट्र्याक्टर तथा मिनी ट्रक समितिको सक्रिय सहभागिता रहेको थियो। समितिका अध्यक्षहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा खड्कबहादुर बिक (निवर्तमान अध्यक्ष), नारायण कोइराला (निवर्तमान अध्यक्ष), मनोज रसाइली, डम्बर ढकाल तथा ट्राफिक प्रमुख मनोज ज्ञवाली लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

त्यसैगरी मिनी तथा मझौला ट्रक बिक्री प्रमुख आदित्य जंग हिमाली र एरिया म्यानेजर पशुपति पौडेल सहित विभिन्न सरोकारवाला व्यक्तिहरूको समेत सहभागिता रहेको थियो।

उक्त कार्यक्रमअन्तर्गत बीएस–६ प्रविधिसम्बन्धी विशेष तालिम सञ्चालन गरिएको थियो। तालिममा ११५ जना चालक, सहचालक तथा गाडीधनीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। तालिममार्फत सवारी साधनको आधुनिक प्रविधि, इन्धन दक्षता र सुरक्षित सञ्चालनबारे जानकारी दिइएको थियो।

नयाँ टाटा ऐसके ६१२ गाडीले गण्डकी प्रदेशमा ढुवानी तथा यातायात सेवालाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। सहभागीहरूले यस गाडीले कम इन्धन खपत, उच्च कार्यक्षमता र दीर्घकालीन टिकाउपन प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।

यसका साथै, बीएस–६ मापदण्डअनुसार निर्मित यस सवारी साधनले कम धुवाँ उत्सर्जन गर्ने भएकाले वातावरण संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। आधुनिक प्रविधिसहितको यो गाडीले गण्डकी प्रदेशको ढुवानी क्षेत्रलाई थप व्यवस्थित, भरपर्दो र समयानुकूल बनाउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

प्रतिकृया दिनुहोस