Tuesday, April 21News That Matters

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको क्यालेन्डर विमोचन तथा अन्त्रक्रिया कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

नेपाल राष्ट्रिय घरभाडा सरोकार  समितिले नया बर्ष ८३ आगमनको पुर्व सन्ध्यामा नया बर्षको क्यालेन्डर विमोचन तथा अन्तर्क्रिया कार्यक्रम शुक्रबार  एक कार्यक्रमका बिच सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्वर ६ का वडा अध्यक्ष विष्णु वहादुर भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न गरेको हो।

विमोचन कार्यक्रममा प्रमुख अतिथि भट्टराईले क्यालेन्डर विमोचन गर्दै उपस्थिति सबैलाई नया बर्षको शुभकामना दिदै कार्यक्रमको उद्घाघाटन गर्दै  नेपाल राष्ट्रिय घर भाडा सरोकार समितिले गरेका कामको प्रशंसा गर्नु भएको थियोे ।

आयोजित कार्यक्रममा विभिन्न सँघ सँस्था तथा सर‍ोकार निकाय प्रतिनिधि हरुले घरभाडा सम्बन्धि रहेका समस्या र समाधानका बारेमा आ आफ्ना भनाइ राखेका थिए। 

घर भेटि र भाडामा बस्ने बिच कानुनी प्रावधान सहित सुमधुर सम्बन्ध राख्नु पर्नेमा सबैको जोड रहेको थियोे ।

नेपाल सरकार तथा स्थानीय सरकारले करको दायरा भन्दा पनि करको दायरा बढाएकै कारण भाडावाला र घरभेटि बिच समझदारि हुन नसककै कारण गलत बाटो अपनाएर आफ्नो व्यवसाय नविकरण गर्न बाध्य हुनु पर्ने  अवस्था आएको उल्लेख गर्दै आगामी दिनमा न्यून कर लागू गरि कर तिर्न नविरण गर्नका लागि  सहज वातावरण बनाउनु पर्ने सुझाव दिएका थिए।

 समितिका पुर्व अध्यक्ष कमल प्रसाद न्यौपाने कानुनी सल्लाहकार यमनाथ पौडेल लगायतले नया बर्षको शुभकामना सहित आफ्नो सँस्थाले भाडामा बस्नेको मात्र समस्या समाधान गरेको नभएर घरभेटि हरुका समेत बर्षौ अलपत्र परेका समस्या समाधान गरेको घरभाडा सम्बन्धि सम्बन्धित निकायमा पहल गरेको ७२ को भुकम्प र कोरोनाको अवधिमा घरभेटि सँग पहल गरि  भाडामा छुट गरेको वताए ।घरभाडा सरोकार समिति लाई वडा टोल स्तर सम्म पौच पुर्याउनु पर्नेमा सहभागी हरुले जोड दिएका थिए। 

 

आयोजित कार्यक्रममा विशेष अतिथि चेम्बर अफ कमर्स अध्यक्ष उमराज बास्तोला,विशेष अतिथि पोखरा उध्योग बाणिज्यय सँघ कास्की उपाध्यक्ष दिनेश चन्द्र बास्तोला ,घर वहाल सरोकार महासँघ केन्द्रीय अनुशासन समिति सँयोजक तथा  कास्की सल्लाहकार यामनाथ पौडेल ,घर वहाल महासँघ केन्द्रीय उपाध्यक्ष तारा प्रसाद तिवारी ,पोखरा हार्डवयर एसोसिएसन अध्यक्ष अर्जुन वहादुर थापा,  साथै अन्य अतिथि हरुमा थोक व्यवसायि सँघ अध्यक्ष उषा तिमिल्सिना , कपडा व्यवसायि एसोसिएसन अध्यक्ष ,लेखनाथ पौडेल ,खुद्रा तथा किराना व्यवसायि सँघ अध्यक्ष हुमनाथ पराजुलि, इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायि सँघ अध्यक्ष चिन्ता मणि खरेल, पृथ्वी  होटल व्यवसायि समिति अध्यक्ष मोति प्रसाद श्रेष्ठ , लगायत  विभिन्न सँघ सँस्था अध्यक्ष प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष कृष्ण प्रसाद चापागाइको सभापतित्वमा गरिएको थियोे भने,कार्यक्रम समितिका महासचिव जगत मोहन गिरिले सञ्चालन गर्नु भएको थियो , समितिका सदस्य दुर्गा वरालले स्वागत मन्तब्य तथा शुभकामना दिनु भएको  थियो।

प्रतिकृया दिनुहोस