Wednesday, April 29News That Matters

पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

पोखरामा लागू औषध, जुवा र फरार प्रतिवादीसहित ११ जना पक्राउ

कास्की प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा लागू औषध, जुवातास तथा फरार प्रतिवादीसम्बन्धी घटनामा संलग्न ११ जनालाई पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रहँदै फरार रहेका कास्की मादी गाउँपालिका–७ घर भई हाल पोखरा–१३ बस्ने ३२ वर्षीय हेमकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट नियन्त्रणमा लिई कारागार कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।

यसैगरी, लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा पोखरा महानगरपालिका–२७ रिड्डेपानी तथा तालचोक क्षेत्रबाट २९ वर्षीय भरत घिसिङ पक्राउ परेका छन्। उनको साथबाट डाइजेपाम, फेनारगन र ब्रुफिनुर्फिन गरी जम्मा ३४५ एम्पुल, एक थान मोबाइल र नगद रु. १ हजार बरामद भएको छ। उक्त घटनामा अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

त्यस्तै, पोखरा–१५ चोरसाँघुस्थित एक घरमा खानतलासी गर्दा ५५ वर्षीय हेमकमल के.सी.लाई लागू औषधसहित पक्राउ गरिएको छ। उनको साथबाट २६१ एम्पुल लागू औषध र ३९० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

उता, पोखरा–१५ टुटुङ्गा बसपार्क क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई नगद रु. ६३ हजार ३२० र ४ बुक ताससहित पक्राउ गरिएको छ। उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकताविरुद्धको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्लामा यस्ता अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडाई गरिने वताएको छ ।

प्रतिकृया दिनुहोस