Wednesday, April 29News That Matters

दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

दशौं रारा पोखरा स्पोर्टस् अवार्ड–२०८३ वैशाख ३१ मा हुँदै

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौं संस्करणको “रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको हो।

वि.सं. २०५७ सालमा कास्कीबाट सुरु भएको मञ्च अहिले गण्डकी प्रदेशस्तरमा सक्रिय संस्थाको रूपमा स्थापित भइसकेको छ। खेलाडीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले मञ्चले २०७२ सालदेखि निरन्तर रूपमा पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ।

यस वर्षको अवार्डमा ९ विधा समेटिएका छन्, जसमा वर्ष खेलाडी (पुरुष/महिला), पिपुल्स च्वाइस, लाइफ टाइम अचिभमेन्ट, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड रहेका छन्। यसपटक पिपुल्स च्वाइस र स्पेशल अवार्ड थप गरिएको हो।

कार्यक्रम सञ्चालनका क्रममा आयोजक समितिका सह–संयोजक तथा उपाध्यक्ष राजाराम पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै अवार्डले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्था)ले स्पोर्टस् अवार्डको महत्व र उद्देश्यबारे प्रकाश पार्दै खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने अभियान निरन्तर रहने बताए।

कार्यक्रम मञ्चका महासचिव परशुराम शर्माले सञ्चालन गरेका थिए।

अवार्डलाई पारदर्शी र व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको मञ्चले जनाएको छ। कार्यक्रम सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सहयोग रहनेछ।

मुख्य प्रायोजकको रूपमा हिम श्री फूड्स प्रालिको रारा तयारी चाउचाउ, सह–प्रायोजकमा गुरुङ गहना घर र केल्मी नेपाल रहेका छन् भने अन्य विभिन्न साझेदार संस्थाहरूले पनि कार्यक्रमलाई साथ दिएका छन्।

मूल आयोजक समितिको संयोजकमा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्था) रहनुभएको छ भने सह–संयोजकमा उपाध्यक्षद्वय राजाराम पौडेल र उमा आले रहनुभएको छ।

अनुगमन तथा मूल्यांकन समितिको संयोजकमा संस्थाका पूर्व उपाध्यक्ष एवं अवार्डका संस्थापक सन्देश श्रेष्ठ, प्रचारप्रसार उपसमितिको संयोजकमा महासचिव परशुराम शर्मा, अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजकमा पूर्वअध्यक्ष प्रेमनारायण न्यौपाने रहनुभएको छ।

स्वागत तथा अतिथि सत्कार समितिको संयोजकमा सल्लाहकार दिननाथ बराल, स्वीक रेस्पोन्स व्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष उमा आले, मञ्च तथा सांस्कृतिक व्यवस्थापन उपसमितिको संयोजकमा सचिव राजु गिरी गिरी रहनुभएको छ।

त्यसैगरी आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा कोषाध्यक्ष बिमल तिवारी र फोटो तथा भिडियो उपसमितिको संयोजकमा कार्यसमिति सदस्य गीता राना रहनुभएको छ।

प्रतिकृया दिनुहोस