पोखरा,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको पहिलो अधिवेसनबाट सभापतिमा यदुनाथ अधिकारी निर्वाचित भएका छन् । पार्टीको शनिबार भएको अधिवेशनमा प्रतिस्पर्धी एकराज न्यौपानेलाई १ मतले पछाडि पार्दै अधिकारी निर्वाचित भएका हुन् ।

अधिकारीले ११५ मत पाउँदा न्यौपानेले ११४ ल्याए। खसेको २३३ मत मध्ये ४ जनाले भने कसैलाई पनि मत दिएका थिएनन ।सचिवमा विश्वराज पौडेल विजयी भए । उनले १२२ मत ल्याउँदा प्रतिस्पर्धी टेकराज सापकोटाले १०६ मत पाए ।
उपसभापति र सहसचिवमा भने निर्वाचन भएन । चिनबहादुर गुरुङ उपसभापति र सुजन बस्ताकोटी सहसचिव निर्विरोध निर्वाचित भएका हुन् । कोशाध्यक्ष भने पछि मनोनीत गर्ने उक्त पार्टीले जनाएको छ ।
जिल्ला कमिटीमा १० सदस्यमध्ये केही सदस्य निर्विरोध हुँदा ४ जनाका लागि मतदान नै भएको थियो । १० जना उम्मेदवार थिए । एक भोटले जितेपछी सभापति अधिकारीले पार्टिको सङ्गठन बिस्तारमा जुट्ने बताएका छन ।

