Friday, October 23News That Matters

भागेको दुई दिनमै जन्मकैद सजाय ठहर भएका कैदी पक्राउ, पृथ्वीचोकको गेस्ट हाउसमा लुकेका थिए!

यो समाचार शेयर गर्नुहोस्

ज्यान र डाकासम्बन्धी मुद्दामा जन्मकैदको सजाय ठहर भएका कास्की कारागारका फरार कैदी पक्राउ परेका छन्।

कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी २०८३ कात्तिक १ गते राति करिब २ बजे कास्की कारागारबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीसहितको संयुक्त प्रहरी टोलीले जलारीलाई कात्तिक ३ गते दिउँसो ३ः५५ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित न्यू झरना गेस्ट हाउसबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

कास्की जिल्ला अदालतबाट जन्मकैदको सजाय ठहर भई कारागारमा सजाय भुक्तान गरिरहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिएका हुन्।

#पोखरा #कास्की #फरारकैदी #प्रहरी #कास्कीकारागार #समाचार

प्रतिकृया दिनुहोस