
पोखरा,
जोन्टा क्लब अफ पोखराको अध्यक्षमा नेलिसा ठाकुरी केसी चयन भएकी छन्। जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट २५ अन्तर्गत एरिया २ को हालै पोखरामा सम्पन्न सातौँ साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
समितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना काफ्ले केसी, कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन हुनुभएको छ। समितिको निवर्तमान अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे रहनुभएको छ।
समितिको नोमिनेटिङ कमिटीमा मोनिका थापा, एड्भोकेसी कमिटीमा अर्चना कर्मचार्य, अवार्ड एन्ड स्कलरसिपमा निलिमा गुरुङ, लिडरसिपमा अञ्जना तज्या, भिजिबिलिटीमा लिसा गुरुङ, सर्भिसमा अनिता केसी भट्टराई, यूएन एन्ड क्लाइमेटमा पुनम भट्टराई र जी एन्ड गोल्डेन जीमा साम्राज्ञी क्षेत्री चयन हुनुभएको छ।
जोन्टा क्लब अफ पोखराले वर्षेनी महिला हिंसा विरुद्ध १६ दिने अभियानमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। त्यसैगरी महिला, बालबालिका तथा वातावरणको क्षेत्रमा पनि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। भइरहेका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा केही नवीनतम कार्यक्रम ल्याइने नवनिर्वाचित अध्यक्ष केसीले बताउनुभयो।
