Wednesday, July 29News That Matters

ओलिको घमण्ड, प्रचण्डको दम्भ ,कहिले सम्म ?

यो समाचार शेयर गर्नुहोस्

ओलिको घमण्ड, प्रचण्डको दम्भ ,कहिले सम्म ?

नेपालमा कम्युनिस्ट बिशेश गरेर बामपंथी विचार सिद्धान्त पक्षधर हरुको  देस र जनताका लागि निभाएको भुमिका अत्यन्तै महत्त्वपूर्ण छ।सँग  सगै पुरानो लामो इतिहास पनि छ। तर यति महत्त्वपूर्ण मुमिका र इतिहास बोकेको बामपंथी हरुको आलोचनात्मक टीका टिप्पणी गर्नु पर्ने अवस्था पनि उत्तिकै छ। बामपंथी हरु कहिल्यै पनि दिगो रुपले एकतामा बाधिन नसकेका पटकपटक टुटफुट हुँदै कहिले टाउको थप्ने कहिले पुच्छर थपने र पाटि खोल्ने काम भइरहेका ज्वलन्त उदाहरणहरु दर्जनौ छन्। यतिबेला फेरि केही बर्ष पहिला एकताम बाधिएका माओवादी एमाले समाजवादी लगायत दलहरु र दलका नेताहरु तत्कालीन अवस्थामा एक भएर अगाडि बढ्ने प्रतिबद्धता सहित जनता बिचमा आएर विशेष गरेर एमाले अध्यक्ष ओलि र माओवादी अध्यक्ष  प्रचण्डले ता स्वर्ग गएपनि नर्क गएपनि सँगसगै जाने घोषणा नै गरेका थिए।जसले गर्दा लगभग सबै बामपंथी विचार सिद्धान्त पक्षधर पाटि नेता कार्यकर्ता मात्र नभएर आम जनता समेत अब देसले एउटा ऐतिहासिक कोल्टे फेर्ने भयो भन्ने विश्वासका साथ मतदान गरेर शक्तिशाली सरकार बनाएर पठाएका थिए। तर ओलिको घमण्ड र प्रचण्डको दम्भले गर्दा सत्ता भत्ता पद भागबन्डाको साझेदारिको चक्रव्युहमा विशेष गरेर ओलि र प्रचण्ड यसरी फसे कि सिङ्गो पाटिनै फुटको सँघारमा पुग्यो र अब दसकौ शासन सत्ता चलाउने  भयो भनेको पाटि उहीँ मेड इन चाइना आज किन्यो भ‍ोलि छैन भनेजस्तो गरि फुट्यो। जसले गर्दा पुरै कम्युनिस्ट यति छिन्न भिन्न भए कि सभालि नसक्नु भयो ।परिणाम काङ्ग्रेस एमालेले साझेदारी सत्ता चलाउने गरि सरकार बनाए। बामपंथी हरु बिच जसको असर सिङ्गो देसमा सँघ प्रदेस स्थानीय सरकार वडा मात्र नभएर यहाँ सम्म कि ट‍ोल विकास सँस्था युवा समूह आमा समूह लगायत विभिन्न सघ सस्था लगायत  क्षेत्रमा पर्न गयो । तब  फेरिपनि तत्कालीन ओलि सरकारले आफ्नो मन‍पोलि ढङ्गले तानशाहकै झल्को दिने गरि जुन कदम चाल्यो।त्यसले जेनजि आन्दोलन यसरी चर्क्यो कि, दर्जनौ युवाहरुले सडकमै शहादत प्राप्त गरे हजारौं घाइते भए रगतको ख‍ोलो बग्यो, सिङ्गो देस अग्निमय भयो ।  त्यसको परिणाम यस्तो निस्कयो कि सिङ्गो देसै खरानिमय भयो स्वँय प्रधानमन्त्री मन्त्री नेताहरुको समेत भागाभाग नै भयो ।  तत्कालीन अवस्थामा देसै नरहने हो कि भन्ने खतरा अवस्था सृजना भयो। सेना प्रहरी  राष्ट्र पतिको पहलमा जेनजि आन्दोलनरत नेता अगुवा हरुको वार्ता छलफलले देसलाइ एउटा प्रधानमन्त्री दियो र देसै नरहने हो कि भन्ने खतरा बाट देस ज‍ोगिय‍ो।शुसिला कार्किको नेतृत्वमा सरकार बन्यो। शुसिला सरकारले चुनाव गरायो जसमा शक्तिशाली एकलौटी बालेन सरकार बन्यो पुराना भनिएका दल हरुको पत्ता साफ गरे जस्तो परिणाम आयो ।त्यसपछि त पुराना भनिएका शिर्ष नेताहरुमा सत्ता बाट बाहिरिए पछि पानी बिनाका माछा जस्तै छट्पटी हुन थाल्यो । हिन्दीमा भनाइ छ आगे चेते चेते नहि पिछे चेते होते नहि भनेजस्तै भयो । 

हिजो विगतका दिनहरुमा माओवादी बलियो पाटि सहित प्रचण्डले पनि शक्तिशाली सरकार प्रमुख हुदा जुन दम्भ देखाए त्यहि दम्भले शासन सत्ता बाट हात धुन पर्यो ।नेपालकै इतिहासमा सबैभन्दा ठुलो र शक्तिशाली बनेको माओवादी पाटि यसरि टुक्रिदै र चोइटिदै जान थाल्यो कि, प्रचण्डलाई कतै जादा पनि मेरा पछिका सबैले छाडेर जाने  ता हैनन् ।कतै म एक्लो बृहस्पति बन्नु पर्ने ता हैन,भन्नु र सोच्नु पर्ने अवस्था आयो । जसले गर्दा प्रचण्ड सम्हालिदै अगाडि बढ्ने क्रममा कतिपय साना तिना बाम समुहलाइ एक बनाउदै अघि बढ्दै जानेक्रममा एकताका लागि ओलि प्रचण्डको पनि आमनेसामने भयो ।  ओलि प्रचण्ड एक भए पछि माओवादी एमाले सगै सानातिना बाम समूह समेत एकतामा बाधिएपछि सिङ्गो देसका बाम पक्षधर समूह ,नेता कार्यकर्तामा मात्र नभएर नेपाली जनतामा समेत एउटा उत्साहित भएर सिङ्गो विशाल नेकपा को शक्तिशाली सरकार बन्न पुगेको थियो  । आखिर उहीँ भनाइनै छ नानि देखि लाएको बानि कहाँ छुट्थ्यो र भनेजस्तो ओलिले शक्तिशाली प्रधानमन्त्री भएपछि सत्ता मत्ता भएर प्रतिपक्ष सँग फरक मत राख्ने सँग मात्र हो र आफ्नै पाटि भित्र आफ्नै सत्ता पद पाटि भित्र को साझेदारी सम्झौता गरेका सहकर्मी जो सँग स्वर्ग गएनि नर्क गएनि सँगै जाने गहिरो सम्झौता भएको थियो, उनै सँग उहीँ घमण्ड देखाउन थाले फलस्वरूप पाटि फुट्यो ,बाम शासन सत्ता चकनाचुर भयो । ओलिले त्यो घमण्ड लाई त्यहि सिमित राखेनन् ,घमण्ड को यात्रा लाई रोकेनन्, उनको आफुलाइ सर्वशक्तिमान ठान्ने घमण्डले यति ठूलो रुप लियो कि भाद्र २३/ २४ आएरै छाड्यो ,जसले गर्दा उनको घमण्ड उहीँ वेलुन जस्तै भएर फुट्यो।सिङ्गो देसवासिको मन भित्र रहेको बामपंथी प्रतिको विश्वास हट्यो मन  टुट्यो। जसको परिणाम वर्तमानमा घाम जस्तै छर्लङ्ग देखिएको छ।

फेरि केही दिन यता सिङ्गो बाम विचार सिद्धान्त रपक्षधर लाई एक ठाउमा उभ्याउने गरि  प्रचण्ड र ओलि बिच भएको पाटि एकताको जुन सन्देस आएको छ,त्यसले के दिगो रुप लेला त ? विगतमा भएका एकता जसरी काँच जस्तै गरि टुक्रिएर गए अब नटुक्रिएलान् त? टुक्रिएर छिन्नभिन् भएर नजालान् त ? के फेरि नेपालमा शक्तिशाली बाम एकता सहितको सरकार बन्ला त ? यदि सरकार बनेपनि देसको प्रधानमन्त्री को बन्ला बामपंथी हरुको एकताको बागडोर कसले सम्हालेर अगाडि बढाउला ? के ओलिको घमण्ड र प्रचण्डको दम्म टुटेकै हो त ? यदि अब बामपंथी एकता गरेर अगाडि बढ्नका ओलि प्रचण्ड बिच फेरि चट्टानि सहमति होला त? बामपंथी एकताले युगान्तकारी परिवर्तन ल्याउला त? के अब आम बनम विचार र सिद्धान्त पक्षधर पाटि समूह नेता कार्यकर्ता सँगै नेपाली जनताले यी र यस्ता यावत प्रस्न सहितको यस्ता जिज्ञासा सँगै  ओलिको घमण्ड प्रचण्डको दम्भ कहिले सम्म भनेर फेरि प्रस्न गर्नु पर्ने अवस्थाको अन्त्य होला त? त्यो त समयले जवाफ देला ।

प्रतिकृया दिनुहोस