Monday, August 17News That Matters

कतै ग्याँसको हाहाकार, कतै क्यासको हाहाकार

यो समाचार शेयर गर्नुहोस्

भुपरिवेष्ठित हाम्रो जस्तो देस जहाँ सियो बन्दैन । आम नेपाली जनता मात्र परनिर्भर हैन ,स्वँय सरकार नै परनिर्भर छ। त्यहि देसमा जब पुजिवाद र जमाखोरले प्रसय पाउछ अनुमान मात्र गरौ त त्यो देसका सर्वसाधारण जनताको कस्तो हालत होला ? हो हामी नेपाली जनताको नियति यस्तै छ। हरेक सर्वसाधारण नेपाली जनताको जिन्दगि लाइनै लाइनमा लाम लागेर वितेको छ।जहाँ जाउ लाइनै लाइन छ। कहिले कतै सवारीको लाइन, कहिले कतै रित्तो ग्यास सिलेण्डरको लाइन । कहिले कतै नागरिकताको लाइन, कहिले कतै राहदानिको लाइन ,कहिले कतै राष्ट्रिय परिचयपत्र बनाउनकै लागि फर्म भर्ने र फोटो खिचाउनेको लाइन,कहिले कतै हस्पिटलमा उपचार गराउनका लागि टोकन लिने लाइन, कहिले कतै स्वास्थ परिक्षण चेकजाँच गराउने लाइन कहिले कतै राजस्व सम्पत्ति  कर सवारी  बुझाउने लाइन , कहिले कतै रोजगार आवेदनका लागि लाइन,कहिले कतै सडक अवरुद्ध भएर यात्रु अलपत्र  सवारी लाइन, बिदेस जानेहरुको झन् सबैभन्दा ठुलो लाइन, दिनहु लाइनै लाइन जताततै लाइनै लाइनमा बसेर सेवा लिनु पर्ने जनताको दिनहु सर्वर समस्या देखाएर झन् यहि जनताकै सरकारले लगाउछ मनपरि फाइन।, भनेपछि हामी सर्वसाधारण  नेपाली जनताको दिनचर्या कसरी विति रहेको छ ,जिवनस्तर कसरि दिनहु खस्किदै गई रहेको छ,सर्वसाधारण भुक्त भ‍ोगि नेपाली जनता  लाइ भनिरहनु नपर्ला ।एकतिर सरकार भन्छ डिजिटल युगमा प्रवेस गर्यौ , अर्कोतिर सेवा प्रवाहको अवस्था हेर्दा सर्वसाधारण  जनताको बिच बिचमा जनता बाटै उठ्न थालेका छन् हामि कुन युगमा फर्कियौ । हरेक परिवारलाई नभइ नहुने साँझ बिहान जाउल‍ो खानका लागि पकाउजे ग्यासको अभाव देख्दा यतिबेला झन् नेपाली जनतामा नैरास्यता छाएको छ। सर्वसाधारण जनता दिनभर लाइनमा बसेर पनि रित्तो हात फर्किएर आएको छ। पैसा र पौच हुनेले फोन र पावरकै भरमा भरि ग्याँस पाएको छ। यसले एक त दिनभर मजदुरि गर्ने मजदुरलाई ता झन पोले माथि घोचे भनेजस्तो भएको छ। किनभने एक त खोजि खन्तरि ग्याँस किन्ने पैसा लगेको छ त्यहि पनि रित्तो हात फर्किनुको पीडा छुट्टै छ। उता दिनभर काम गरेर कमाउने कमाइ गएको छ। जसले गर्दा सर्वसाधारण मजदुर दोहोरो मारमा पर्न बाध्य भएको छ।दिनभर व्यापार व्यवसाय गर्ने हरुको पनि हालत उस्तै छ। यता ग्यास छैन, उता दिनभर व्यापार व्यवसायनै बन्द गर्नु परेपछि क्यास छैन । सबैलाई हैन कतिपय निजि तथा सरकारि क्षेत्रमा काम गर्ने कर्मचारी,  शिक्षक ,बिध्यार्थि सुरक्षा निकायमा  रहेर दिनरात खटिने प्रहरि ,लाई लगायत विभिन्न क्षेत्रमा रहेका सामान्य खेती किसान गर्ने कृषक, साथै वृद्ध अशक्त हरु सबैलाइ यो ग्यास सिलेण्डर लाइनले समस्या बाट पक्कै पनि प्रभावित छन् समस्या बाहिर नआएका मात्र हुन्। साच्चिकै भन्ने हो भने थोरै बाहेक नेपालमा जताततै लाइनै लाइनमा बसेर सेवा लिन र  जीवन यापन गर्न बाध्य भएका सर्वसाधारण जनताको सख्या धेरैनै छ। 

त्यसैले भन्नै पर्ने हुन्छ। लाइनै लाइनमा बसेर आम सर्वसाधारण जनताले राजस्व बुझनउदा फाइन तिर्न परेका कुरा अरु सेलाउन नपाउदै यतिबेला फेरि देसमा कतै क्यासको त कतै ग्यासको हाहाकार छ। यतिबेला आम सर्वसाधारण जनताले हिजो त्यो टण्टलापुरे घाम त कतै झरि बर्षा पनि नभनी, लाइनै लाइनमा बसेर भोट हालेको दिन लाई स्मरण गर्दै पुर्पुरोमा हात राखेर सोच्न बाध्य छन्। त्यति मात्र हैन , विगत ३५ बर्ष तिर फर्किएर इतिहासमा पटकपटक आफुले गरेको गल्ती को प्रायस्चित गर्दै छन्। फेरि पछिल्लो समय यता भन्दा डिजिटल सिष्टम भनिएपनि सरकारि कार्यालय बाट हुने सेवा प्रवाहमा ढिलासुस्ति देखिएको छ नागरिकले सास्ती पाएका छन् एक घण्टामा हुने कुनै काम दिनभर बसेर मात्र नहुने उस्तै परे तीन चनर दिन लाग्ने गुनासा हरु आइरहेका छन्। यहा सम्म कि कतिपय आम सर्वसाधारण जनताले त भन्न थालि सकेका छन् बरु हिजो जस्तै कलमले गर्ने गरेको माम ठिक भन्न थाली सकेका छन्, त कतिपयले सरकारले डिजिटल सिष्टमलाइ पुर्णता दिन नसक्ने भएपछि यस्तो अधुरो अपुरो सिष्टम मीन ल्याएको होला भनेर प्रस्न गर्न थालेका छन्। त्यसै सरकारले छिटोभन्दा छिटो डिजिटल सिष्टम लाई पुर्णता दिनु पर्ने आजको आवस्यकता छ । विश्व परिवेसलाइ हेरर हामी पनि युग सग सगै हामी अगाडि बढ्नु पर्छ पछाडि फर्किने ठाउ छैन। त्यसैले अब आम नेपालि जनताले पुरानो सत्ताको विकल्पमा कालेन सरकारलाई भारि मतका साथ विजय गराएर नया सत्ता स्थापित गरेको बालेन सरकारले आम नेपाली जनताले पाएका दर्जनौ सास्ती र ढिलासुस्तीकै कारण आलोचना गर्न बाध्य भएका जनताको मनलाइ जित्ने गरि काम गर्नेछ भननेमा विश्वास गर्न सक्ने आधार बेलैमा तयारी गरेन भने आम नेपाली जनताले बालेन सरकार पनि बेकार भन्नू पर्ने अवस्था आउन सक्छ ।त्यस्तो अवस्था नआओस्। आगामी दिनमा नेपाली जनताफे सरकारले गरेको गल्तीको सजाय भोग्दै सरकारलाई कर राजस्व बुझाउदा जरिवाना तिर्न नपरोस्।  क्यासको र ग्याँसको हाहाकार भएर खालि सिलिन्डर लिएर भौतारिइदै नेपाली जनता सडक गल्लि गल्लि घुम्दै लाइनमा बस्न नपरोस्।

प्रतिकृया दिनुहोस