
पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुरबाट कौडा खेल्ने र खेलाउने ७ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २९ गते राति करिब १२:४५ बजे विजयपुरमा कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।

पक्राउ परेका ७ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस
