Wednesday, October 28News That Matters

पोखराको लेकसाइडमा शौचालयको च्याम्बरभित्र नवजात शिशु मृ*त फेला, आमा पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा शौचालयको च्याम्बरभित्र सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा १९ वर्षीया निरुता नेपाली पक्राउ परेकी छन्।


प्रहरीका अनुसार २०८३ कात्तिक ३ गते साँझ करिब ७ः४० बजे स्थानीय तोडबहादुर थापाको टिनले छाएका टहराहरूमा रहेको शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनीले शौचालयबाहिर रहेको च्याम्बर खोलेर हेरेका थिए। सोही क्रममा च्याम्बरभित्र भर्खरै जन्मिएको सालनालसहितको बालकको श
व फेला परेको थियो।
घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीय जनप्रतिनिधिको रोहबरमा घटनास्थल मुचुल्का तयार गरी श*व पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पोखरा–६ लेकसाइडमा डेरामा बस्दै आएकी १९ वर्षीया निरुता नेपाली फरार रहेको खुलेपछि खोजतलास गरिएको थियो। उनलाई कात्तिक ४ गते राति करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१ लुकुन्स्वाराबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार निरुता नेपाली र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ निवासी राजन सार्कीबीच २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो। राजनले २०८२ साल माघमा निरुता गर्भवती भएको थाहा पाएको र त्यसपछि उनीसँग भेट नभएको बताएका छन्। फोनमा सम्पर्क गर्दा निरुताले बच्चा फालिसकेको बताएको पनि राजनले प्रहरीलाई जानकारी दिएका छन्।
पक्राउ परेकी निरुताको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि कात्तिक ४ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानले प्रेस नोटमार्फत उक्त घटनाबारे जानकारी दिएका हुन्।

प्रतिकृया दिनुहोस