समाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले क्यान्सर विरुद्ध गण्डकी प्रदेस सरकारले खोप किन्ने तयारी गरेको वताउदै अहिलेको खानपिन र जिवनशैलीको कारण क्यान्सरका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भएको छ।
नेपाल अर्बुद रोग निवारण संस्थाको ३३ औं केन्द्रीय सभालाइ सम्बोधन गर्दै सिम्खडाले नेपालीले खानपानमा ध्यान दिएमा क्यान्सर जस्तै बिभिन्न रोगहरु निवारण हुँदै जाने वताउनु भयो।
प्रदेश सरकारले क्यान्सर बिरामीलाई १ लाख सम्म दिने, क्यान्सर विरुद्धको खोपको लागि मन्त्रालयले ५ करोड बिनियोजन गरेको जानकारी दिनुभयो । नेपाल अर्बुद रोग निवारण संस्थाले विभिन्न प्रकारका अनुसंधान गरेर क्यान्सरका बिरामी घटाउन सहयोग गरेको बताउनुभयो।नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठले अखाद्य वस्तु सेवन तथा प्रयोगबाट धेरैलाई क्यान्सर देखिएको बताउनुभयो ।
महिलाको पाठेघर क्यान्सर धेरै भएको र यस्लाई घटाउन सरकारले विभिन्न कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु भयो । नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय महासचिव दिपेन्द्र बान्तवा, नेपाल बिकास अनुसंधान परिषद कुमार गुरुङ, नेपाल अर्बुद रोग निवारण संघ पुर्व अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठ लगायतले कार्यक्रममा भनाइ राख्नुभएको थियो । नेपाल अर्बुद रोग निवारण संस्थाले क्यान्सर निवारणका लागि बर्षौ देखि यस्ता कार्यक्रम गर्दै आइरहेको छ।
प्रतिकृया दिनुहोस