पोखरा, पुस २६ गते



नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति दण्डराज शर्माले आपत विपतमा परेकालाई सहयोग रेडक्रस संस्थाले नै भएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाईटी राखी उपाशाखा पोखरा–२६ को ३० औं बार्षिक साधारण सभाको बिहिबार उद्घाटन गर्दै सभापति शर्माले मानव सेवा गर्ने विभिन्न तरिका भएतापनि रेडक्रसले विशुद्ध आपतविपतमा परेकालाई तत्काल उद्धार गरि ठुलो घटना हुनबाट बचाउने काम रेडक्रसले गर्ने बताएका हुन् ।

आपतविपतमा बिशेष रुपले खट्नु नै रेडक्रसको मुख्य मर्म र भावना भएको रहेको उनले बताए ।
सोही अवसरमा कास्की शाखाका पूर्वसभापति बामदेव ढुंगानाले एक सय ६० वर्ष पहिला हेनरी डुईनाले जुन शिद्धान्त प्रतिपाद गरे अहिले आएर पनि विश्व मानव समुदायमा त्यसका बारेमा सहि तरिकाले बुझाउन नसक्दा रेडक्रसले मानवीय सेवाका लागि हिंसात्मक गतिविधीको रोकथाममा जनचेतना फैलाउनु पर्ने सुझाव राखेका थिए ।
नेपाल रेडक्रस सोसाईटी राखी उपाशाखा पोखरा–२६ का सभापति शैलेन्द्र मोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य सुदिपराज ढुंगाना, उप शाखाका पुर्वसभापति चन्द्रबहादुर रानाभाट, नरभुपाल पौडेल, नारायण प्रसाद बराल, संस्थाका सल्लाहकार ईश्वरी प्रसाद अधिकारी, झलकपाणी तिवारी, अम्विका मोहन भट्टराई, बैकुण्ठ बराल, सक्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष जगन्नाथ तिमिल्सिना, नेपाल रेडक्रस सोसाईटी लेखनाथ उपाशाखा पोखरा २७ का सभापति तिलकशाली सापकोटा लगायतले रेडक्रस अभियानका बारेमा जानकारी गराएका थिए ।
सोही कार्यक्रममा स्व।सावित्री मोहन भट्टराईको स्मृतीमा स्थापना गरिएको अक्षयकोषबाट भवानी कालिका मा।विकी छात्रा प्रिति मगर, अमरज्योती गाउँफर्क मा।विकी अस्मी भट्टराई र समुदायतर्फ जेहेन्दार तथा युवा उदय घर्तीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो भने स्व।डण्डपाणी तिवारीको स्मृतीमा स्थापीत अक्षयकोषबाट सेक्नेरी ज्येष्ठ नागरिक सेवा केन्द्रलाई सम्मान गरिएको थियो ।
उपशाखाका सचिव महेन्द्र ढुंगानाले संचालन गरेको कार्यक्रममा स्वागत उपसभापति देवि ढुंगाना र धन्यवाद ज्ञापन कार्यक्रम संयोजक बुद्धराज वस्यालले गरेका थिए ।





















