पोखरा /
पोखराको महेन्द्रपुलमा एक युवाले चक्कु प्रहार गर्दा एक घाइते भएका छन । महेन्द्रपुल स्थित मोबाइल टावर अघि एक युवाले चक्कु प्रहार गरेको एक स्थानीयले बताएका छन । मोबाइल टावरमै रहेका मोबाइल प्रोमोटरहरुको सनिबार बनभोज कार्यक्रममा सामान्य विवाद भएको स्रोतको दाबी छ । बनभोज सकाएर घर फर्किएपछी महेन्द्रपुलको प्रहरी विटदेखि करिब ५० मिटर तल चक्कु प्रहार भएको स्रोतको दाबी छ ।
प्रतिकृया दिनुहोस