Friday, March 28News That Matters

बसको ठक्कर बाट तिनबर्षे बालकको निधन 

यो समाचार शेयर गर्नुहोस्

पोखरा ।

शुक्रबार आज दिउँसो स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपि श्रवणकुमार विकका अनुसार बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले दिउँसो पौने ३ बजेतिर सोही विद्यालयको नर्सरीमा अध्ययनरत एक तीन बर्षिय वालक लाई  बसबाट झरेर घर तर्फ जाने क्रममा ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट काउलेका तेजबहादुर कार्कीको छोरा बर्ष ३ का समिर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । 

यसो त पछिल्लो समयमा सडक दुर्घटना वृद्धि भएसगै विध्यालय बाट सञ्चालित वस हरु तिव्र गतिमा हाक्ने क्षमता भन्दाबढि बिध्यार्थि बोक्ने जहापायो त्यहि बाल बालिका लाई झार्ने तथा चढाउने गरेका गुनासा हरु बढ्न थालेका छन्।

 आज भएको दुर्घटना पनि सोही बिध्यालयमै अध्ययन गर्ने सोही बस बाटै झरेका ती तीन बर्षे बालकको सोही बसबाटै दुर्घटना भएर मृत्यु हुनु लाई चरम् लापरवाहि भएको हुन सक्ने  स्थानिय  तथा आफन्त हरुको भनाइ रहेको  छ।

प्रतिकृया दिनुहोस