थोरै सहयोग धेरै माया
सानो प्रयास ठूलो आसा
ट्र्याक सुट र टोपी न्यानो माया

आज कपि र कलम लिएर भावि भविस्य कोर्न लागेका स-साना नानी बाबुहरु ,यी कलिला हातहरुमा एउटा जिम्मेवारी थप्दै हामिले चालेको सानो कदम भोलीका दिनमा सँधै उनिहरुको मनमा रहोस र यस्तै सहयोगी मन र भाव लिएर अघि बढुन भन्ने हेतुले पहिलो पाईला नेपाल पोखरा शाखाले बागलुङ जिल्ला काठेखोला गाउँपालिका वार्ड न. ७ मा रहेको श्री रेश नुन्थला माध्यामिक विद्यालय मा ७० जना बिद्यार्थीलाई ट्र्याक सुट र टोपी अनि शैक्षिक सामाग्री काठेखोला गाँउपालिका वार्ड न. ७ का वार्ड अध्यक्ष श्री प्रेम बहादुर जि.सि को प्रमुख आतिथ्य मा र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री ओम प्रसाद थापाको विशिष्ट आतिथ्यमा, विद्यालयका प्रधानध्यापक श्री ओम बहादुर थापा, गाउँका समाजसेवि श्री हिरा बहादुर कुँवर , समाजसेवि श्री मन बहादुर कार्की, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष श्री विरेन्द्र जिसि लगायत गाउँका अन्य मान्य गणको आतिथ्यम न्यानो माया तथा शैक्षिक सामग्री वितरण गरि कार्यक्रम सफलता पुर्वक सप्पन्न गरेको छ।



