Wednesday, April 22News That Matters

२३ औं आहा रारा गोल्डकपको टाइसिट सार्वजानिक, उद्घाटनमा सहाराले थ्रीस्टारको सामना गर्ने

यो समाचार शेयर गर्नुहोस्

पोखरा मंगलबारदेखि सुरु हुने २३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा सहारा क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । 

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा हुने प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिससहित ए डिभिजनका क्लबहरु थ्रीस्टार, मछिन्द्र, जावलाखेल युथ क्लब, मनाङ मस्र्याङदी, संकटा, चर्च ब्वाइज, विदेशी क्लब पारो एफसी, मोफसलका क्लब राइजिङ स्टार र आयोजक सहारा क्लब पोखरा रहेका छन् ।

प्रतिकृया दिनुहोस