Friday, March 28News That Matters

जात्रा भित्रको माहाजात्रा

यो समाचार शेयर गर्नुहोस्

भगवान सबैका साझा हुन्छन् ।  आस्था र भरोसाका केन्द्रविन्दु मानिसहरुका मन र कर्मका आधारकर्ता जनजनका उद्धारकर्ता जीवन र जगत्‌का मार्गदर्शक रुपमा भगवानलाई मान्ने गरिन्छ। हिन्दू धर्मका सर्वोच्च रूप शिव र विष्णु लाई चिन्ने गरिन्छ ।

यसै रूपमध्ये कुनै बेला कुनै समय दुवै रूप धारण गरेर बनेको विशेष रूपलाई हरिहर भनेर चिनिने गरिन्छ। विश्वभरमा एकमात्र विशेष क्षेत्र हरिहरक्षेत्र पोखरा महानगर पालिका व वडा नं १७ ढुङ्गेसाघु महत्तगौडा सितापाइला नामले चिनिने यसक्षेत्र ७०० देखि८०० बर्ष पुरानो हरिहरको मूर्ति मा  ८ हात मध्ये ४ हात शिब ४ हात विष्णु को रुप रहेको छ। यस मूर्ति विश्वमा कहिकतै  नभएको यस क्षेत्रमा मात्र रहेको  जानकारहरु बताउँछन् । हरेक वर्ष माघ १ गते गण्डकी प्रदेशकै विशेष मेला ढुङ्गेसाघु मेला लाग्ने गरेको छ ।

भगवान रामसिता ले तरुल चिउरा खाएको रातभर जागराम बसेर भजन गाएको कुरा ईतिहास मा  पाउने गर्छौ । साथै पछिल्लो समय यस क्षेत्रका समस्याहरु धेरै रहेका मेला संरक्षण गर्नसके हिन्दू धर्म संस्कृति परम्परा संरक्षण हुने थियो । हाल आएर २०८०माघ १ गते पोखरा महानगर प्रमुख धनराज आचार्य ज्यू बाट मेला अवलोकन ले मन्दिर  जात्रा संरक्षणमा विशेष भूमिका रहने कुराले मेला थप संरक्षण हुने कुरा हामी विश्वास मान्न सक्दछौ ।

नगेन्द्र शर्मा भण्डारी   अध्यक्ष रहेको समिति  को निरन्तर प्रयासले यस क्षेत्र संरक्षण हुनेमा सबैको सहयोग मिल्नेछ।पोखरा पर्यटकीय राजधानी क्षेत्र घोषणा गरिरहदा यस क्षेत्रबाट पोखरालाई धार्मिक टेवा पुग्ने थियो। यस विषयमा माहानगर तथा सम्बन्धित निकायले बेलैमा सोच्नेकी?

लेखक: रबि भन्डारि

प्रतिकृया दिनुहोस