Sunday, March 23News That Matters

रोटरी क्लब अफ पोखरा मिडटाउन द्धारा मादीमा स्वास्थ्य शिविर

यो समाचार शेयर गर्नुहोस्

पोखरा । कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन ।


रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा मादी ४ सिमलचौर तारकाङ भेगका २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएको रोटरी क्लब अफ पोखरा मिडटाउनका एडिटर सृजना कार्कीले जानकारी दिइन ।


कार्कीका अनुसार उक्त शिविरमा मादी गाउँपालिका, रोट्रयाक क्लब, हिमालयन आँखा अस्पताल, र परिवार नियोजनको सहकार्य रहेको थियोभने मेडिकल, सर्जिकल, अर्थो, ओ वि जी, सम्बन्धी सुबिधा समेत प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस