Sunday, August 23News That Matters

एटिएम तोडफोड गर्दा गर्दै पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा / बैंकको एटीएम मेसिन तोड्न खोज्ने एक युवक पक्राउ परेका छन् । माछापुच्छ्रे गाउँपालिका–९ कास्की घर भइ हाल पोखराको विरौटा बस्ने २७ वर्षीय टिकाराम पौडेल (राजकुमार) लाई प्रहरीले पक्राउ गरेको हो ।

पोखराको जिरो किलोमिटर चोकमै रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्दै गर्दाको अवस्थामा वडा प्रहरि कार्यालय बैदाम बाट खटिएको टोलि द्वारा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताउनु भएको छ ।

डिएसपि तथा सुचना अधिकारीका अनुसार जिल्ला अदालत कास्कीमा चोरी उद्योग मुद्वामा ७ दिनको म्याद थप गरेर अनुसन्धान पक्रिया अगाडि बढाइएको जनाउनु भयो।

प्रतिकृया दिनुहोस