Sunday, March 23News That Matters

लामपाटा अब लाम पाटा हैन उज्यालो पाटन भयो:पूर्व अर्थमन्त्री बराल

यो समाचार शेयर गर्नुहोस्

आइतबार पोखरा २५ हेम्जा लामपाटा सडक प्रमुख अतिथि तथा पूर्व अर्थमन्त्री रामजी प्रसाद बरालले एक कार्यक्रमका बिच रिवन काटेर उद्घाटन गर्नु भयो ।

प्रमुख अतिथि तथा पुर्व अर्थमन्त्री वरालले क्षेत्रको बसोबासलाई ब्यबस्थित गर्नका लागि विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

हिजो लामपाटा को अवस्था बारे वताउदै वरालले बर्षौदेखि उजाड भुमिलाइ खनज‍‍ोत तथा सरक्षण गर्दै आइ रहेका
लामपाटा बासीहरु अब रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब वडाकै नमुना बस्तीको रुपमा स्थापित गर्दै उज्यालो पाटनको रुपमा विकसित गर्न सबै लाग्नु पर्नेमा जोड दिनु
भयो ।

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहनु भएको पूर्व मन्त्री बरालले अब यो वा त्यो पाटि नभनि तिनै तहका सरकारले जनताका प्रमुख आवश्यकताको पहिचान गरी लगानी गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा पोखरा महानगरका प्रवक्ता तथा पोखरा २५ का वडा अध्यक्ष मोतीराम तिमिल्सिनाले लामपाटाको थप पूर्वाधार निर्माणको लागि महानगरबाट सहयोग हुने बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले लामपाटा वासिहरुले यहाको विकासका लागि गरेको उदाहरणिय कार्य देखेर आफू अत्यन्तै खुसि भएको वताउदै अन्य ठाउमा जादा समेत यहाकै उदाहरण दिएको वताउदै आगामी दिनमा लामपाटा वासिहरुका कुनैपनि समस्या समाधान गर्नका लागि आफू सदा तत्पर रहने प्रतिवद्दता जनाउनु भयो

राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले लामपाटा क्षेत्रमा भएका अब्यबस्थित बसोबासीलाई सरकारले ब्यबस्थित पार्ने बताउनु भयो ।

सुनौलो टोल विकास संस्थाका अध्यक्ष बुद्धि बहादुर गुरुङको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य कृष्ण कुवंर, माओबादी केन्द्रका युवा नेता भोजराज पौडेल, संस्थाका सचिव सुरेस सापकोटा लगायतले बोल्नु भएको थियो ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका वडा नम्बर २५ को आर्थिक सहयोगमा सो सडक हालै सम्पन्न भएको हो ।

करिब ५ सय मिटर लम्बाई तथा नाला सहितको ९ मिटरको चौडाईमा करिब ५० लाखको लागतमा उक्त सडक निर्माण गरिएको सुनौलो टोल विकास संस्थाका अध्यक्ष बुद्धि बहादुर गुरुङले बताउनु भयो । उक्त क्षेत्रमा पूर्व मन्त्री बरालको बिषेश पहलमा पिउने पानी देखि सडक, बत्ती समेत जडानमा सहयोग भएको अध्यक्ष गुरुङले दाबी गर्नु भयो ।

प्रतिकृया दिनुहोस