Friday, March 28News That Matters

पोखरामा  आठौ एनसेल बाह्रखरि गल्फ एण्ड वियोण्ड हुने, १२० भन्दा बढि खेलाडीले भाग लिने

यो समाचार शेयर गर्नुहोस्

शुक्रबार /१०/ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष चैत १ देखि ३ गतेसम्म पोखरामा हुने भएको छ । आठौ  गल्फ खेल प्रतियोगितामा  १२० भन्दा बढिले भाग लिनेछन्।

सातौै सस्करणको उक्त कार्यक्रम संगै देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य रहेको पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिताको प्रमुख प्रायोजक एनसेल रहेको छ भने सह–प्रायोजक बीवाईडी रहेको छ ।

गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह आयोजनमा गरिने कार्यक्रममा  पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर  समेत साझेदार संस्थाका रूपमा जोडिएका छन् ।

प्रतियोगिताअन्तर्गत चैत १ गते पोखराको हलनचोक देखि विजयपुर ,मझेरीपाटन सम्म साइकल र्‍यालीको आयोजना हुनेछ । यसको प्रमुख उद्देश्य पोखरालाई पर्यटकीय राजधानीका रूपमा राष्ट्रिय पहिचान दिलाउनु र आम नागरिकमा चेतना जगाउनु रहेको आयोजकले जनाएको छ ।

चैत २ गते काठमाडौं, विराटनगर, बुटवल, चितवन, धनगढी, सुर्खेतलगायत स्थानबाट पोखरा पुग्ने ३०० बढी ‘कर्पोरेट पाहुना’ लाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ । उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्व वर्ग सहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू तथा वरिष्ठ पत्रकार एवं सम्पादकहरू रहने आयोजकले जनाएको छ ।

चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्ने भएको आयोजकको भनाई छ ।

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा  देशभरका युवा उद्यमी हरुको समेत  सहभागिता  रहनेछ  ।

प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल अर्थात् बाह्रखरी गोल्डेन बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन् भने प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरामा देशभरिबाट आउने पाहुनाका लागि रेबान पोखराका सदस्य रेस्टुरेन्टहरूले २५ प्रतिशत सहुलियत दिने निर्णय गरेका छन् । देशभरका पाहुनालाई पोखराका २० भन्दा बढी होटेलहरूमा बसोबास गराउने तयारी भइसकेको छ आयोजित कार्यक्रममा जानकारी गराइएको छ।

महत्त्वपूर्ण यस  कार्यक्रममा आउने पाहुनाले आफ्नो बसाइ लम्ब्याउन चाहेमा पोखराका होटेलहरूको तर्फ बाट  विशेष छुट दिने सहमति पनि भएको छ । साथै, पोखरामा भएका साहसिक पर्यटन सञ्चालकहरू सँग पनि बाह्रखरीका पाहुनालाई विशेष छुट दिन सहमति भएको छ ।

बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतिकृया दिनुहोस