लेकसाईडबाट आउँदैं गरेको बुलेट बाईक पोखरा–७, बुलौंदीको सडकमा राखिएको डिभाइरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४प५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएको थियो । हल्लनचोकबाट जिरो किमीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चालक र पछाडि सवार दुवैको उपचारका क्रममा निधन भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

दुवैको टाउकोमा गम्भीर चोट लागेकोमा उपचारका क्रममा निधन भएको हो । कैलालीको सोरहनपुर गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष २८ का महेश आचार्यलाई सवा ४ बजे र सोही ठाउँ घर भएका ३० वर्षीय शैलेन्द्रकुमार उपाध्यायलाई पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । डन न्युजमा प्रकासित समाचार अनुसार शव क्षेत्रीय अस्पतालमै राखिएको उल्लेख छ ।
यसो त पोखराका धेरैजसो यस्ता डिभाइडर लेनमा सवारी ठक्कर बाट भएका दुर्घटना काट दर्जनौको निधन भएको छ। पोखराको जिरो हाइवे सडकखण्ड र जिरो हल्लन चोक सडकखणणड साथै न्युरोड सडकखण्डमा डिभाइडरमा सवारि ठोक्किएर धेरै दुर्घटना भएका छन्।

लेकसाईडमा रमाईलो गरेर फर्किने क्रममा मादकपदार्थ सेवन गरेर सवारी हाँक्दा सोही ठाउँमा पटक पटक दुर्घटनाहरु हुँदैं आईरहेका छन्। यसरी डिभाइडरमै सवारी ठोक्किएर किन दुर्घटना भइरहन्छन् र यसको कारण र निदान के हो त भन्ने बारे सम्वन्धित निकायले आजसम्म चासो दिएको देखि दैन।
यसरी दुर्घटना हुनुमा सवारी चालक, सडकको अवस्था, सडक लेन तथा डिभाइडरमा लाइटको अभाव सडक वत्तिको कमि देखिन्छ।