Friday, March 28News That Matters

पोखरामा बुधबारबाट हुने क्लबस्तरीय भलिबल प्रतियोगिताको तयारीअन्तिम चरणमा

यो समाचार शेयर गर्नुहोस्


पोखरा, ३१ बैशाख ।
पोखरामा जेठ २ देखि ५ गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।


नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा यही जेठ २ देखि ५
गतेसम्म हुने प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
पुगेको पोखरामा पत्रकार सम्मेनलन गर्दै जानकारी दिएको हो ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको
आयोजनामा हुने क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २०
हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले
२० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन
पुनले बताए ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने
क्लबस्तरीय भलिबल प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गराईने प्रतियोगिता
संयोजक लामा अमृत गुरुबले बताए ।
।।।नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा पोखरामा जेठ २ देखि
५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमलाई मात्र समावेश गर्दै छौं’, संयोजक
गुरुबले भने, ।।।प्रतियोगितामा सहभागिता जनाउन एक टिममा सातौं, आठौं र नवौं
राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३ जना खेलाडी मात्र सहभागिता हुन
पाउनेछ ।’
प्रतियोगिता संयोजक गुरुबले भलिबल प्रतियोगिताको उद्घाटन समारोहको दिन
निशुल्क प्रवेश रहेपनि जेठ ३ गतेदेखि टिकट शुल्क निर्धारण गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन १ सय, सेमिफाइनलमा १ सय ५० र फाइनल खेलमा २
सय रुपैयाँ टिकट रहेको छ ।

नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले
गण्डकीका प्रदेशका ९ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिताका विधाहरु सञ्चालन
गर्दै आएको बताए ।
।।।नेपाल लोकतान्त्रीक खेलकुद संघले गण्डकी प्रदेशको ९ जिल्लामा विभिन्न
प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छ’, अध्यक्ष शेरचनले भने, ।।।खेलकुदका
विभिन्न विधाहरु मध्ये कास्कीमा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना हुन
लागेको हो ।’

प्रतिकृया दिनुहोस