Friday, March 28News That Matters

हस्पिटल र बैक बिच सम्झौता

यो समाचार शेयर गर्नुहोस्

जेठ १३ गते
आविष्कार अस्पताल, बुद्धचोक र सानिमा बैंक बीच सानिमा बैंकमा खाता भएका ग्राहकहरुलाई अस्पतालमा दिईने सेवा सुविधाको लागि सम्झौता भएको छ । आज एक कार्यक्रमका बिच अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक डा. कृष्ण बोगटी र सानिमा बैंक न्यूरोड शाखाका तर्फबाट शाखा प्रबन्धक पुनित बिक्रम राणाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त हस्ताक्षर समारोमा अस्पतालका तर्फ़ बाट अस्पताल संचालक राम शर्मा बास्तोला र बरिस्ट लेखा पाल सुजु सौतम तथा बैंकको तर्फ़बाट बैंकका असिस्टेंट मनेजर आरोग्य गुरगाईंको उपस्थिती रहेको थियो। उक्त समझौता अनुसार अब सानिमा बैंकमा खाता रहेका सबै ग्राहकहरुले अस्पतालबाट प्रदान गरिने सबै सेवाहरुमा २० % र औषधिमा ५ प्रतिसत छुट पाउने भएका छन् ।

उक्त अस्पतालले बिगतमा हरियोखर्क अस्पतालमा काम गरेका अनुभवी बरिष्ठ नाक कान तथा घॅाटी रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बिगतका ग्राण्डी इंटरनेशनल काठमाण्डूका अनुभवी फिजिशियन लगायतका अन्य बाल, जनरल सर्जरी, स्त्री रोग चिकित्सक द्वारा पुर्ण पारिवारिक वातावरणमा विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिरहेको जानकारी डा बोगटीले दिनुभयो ।

प्रतिकृया दिनुहोस