पोखरा १५ /पोखरा वडा नम्वर २१ मट्टिखान सडकखण्ड एकहाते छरछरे भन्ने ठाउमा सोमवार बिहान एलपि देवकोटा बोर्डिङ इङलिस स्कुलको ग १ क ६२१९ नम्बरको वस स्कुलका बालबालिका लिएर आउनेक्रममा दुर्घटना भएको थियो । चालक परिचालक समेत गरि करिव ३० जना सवार सबै सोही दुर्घटनामा परि घाइते भएका थिए।

घाइते सबैलाई स्थानीय तथा सुरक्षा निकायले उद्दार गर्ने क्रममा एम्बुलेन्सले मात्रै घाइते सबैलाई उपचारका लागि ल्याउनका लागि साधनस्रोतको अभाव देखेपछि पोखरेलि ट्याक्सि कम्पनी प्रालिमा आवद्द छोरेपाटन इकाई कमिटिका करिव एक दर्जन ट्याक्सि दुर्घटना स्थलमा पुगेर घाइते लाई उपचारका लागि निशुल्क बिभिन्न हस्पिटलमा पुराइएको पोखरेलि ट्याक्सि कम्पनी प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले वताए। पोखरामा यस्ता सवारी दुर्घटना हुदा वा विपद्को बेला समाजिक तथा मानवियता देखाउने काममा सार्वजनिक सवारिले पनि यसरी सहयोग गर्दै आइरहेको प्रालिका अध्यक्ष पौडेलले वताए।

एम्वुलेन्स बाट मात्रै सेवा हुन नसक्ने देखेर छोरेपाटन टेक्सि इकाइ कमिटले आफ्नो टेक्सि प्रयोग गरेर घाइते हरुलाइ समयमै हस्पिटल पुर्याएर सामाजिक उत्तरदायित्व वहन गरेको छ।

टेक्सि भन्ने वित्तिकै समाजमा हेर्ने दृष्टिकोण अलि फरक रहेको पाइन्छ। उनिहरुमाथि कहिले यात्रुसग भाडा बढिलिने त कहिले यात्रुलाइ दुर्व्यवहार गर्ने आरोप लागि रहदा कहिले सवारिमा छुटेका यात्रुका वहुमुल्य समान त कहिले नगद तथा मोबाइल सम्वन्धित लाई बुझाएर इमानदारीता देखाएका खवर पनि नआएका भने हैनन्। यस्ता आकस्मिक दुर्घटना हुदा सार्वजनिक यातायात व्यवशायिले आफ्ना सवारी प्रयोगमा ल्याएर उद्दार गरेकोमा सामाजिक उत्तरदायित्व वहन गरेकोमा यसलाई राम्रो सङ्केत मान्न सकिन्छ ।

यसो त यातायात व्यवशायिहरुले आफ्ना माग राख्दै आइतबार पोखराको पृथ्वी चोकमा विरोध प्रदर्सन गरि रहदा समाचार सङ्कलनका लागि गएका पत्रकार माथि हातपात अभद्र व्यवहार गरेकै कारण कास्की प्रहरिले पाच जना यातायात कर्मिलाइ पक्राउ गरि कारवाहि प्रकृया अगाडि बढाएको छ। यातायात ब्यबशायिमा सुधारको खाचोछ।
यता सार्वजनिक सवारीले कहिले बिच बाटोमै यात्रुलाइ झारिदिने कहिले यात्रु सग मनपरि भाडा असुल्ने गरेका गुनासा नआएका भने होइनन्।
परिवर्तित समयक्रम सगै सार्वजनिक यातायात व्यवशायिले पनि अबका दिनमा सामाजिक उत्तरदायित्व वहन गर्दै स्तरिय सेवा दिनुपर्ने आजको आवस्यकता हो।