Monday, July 14News That Matters

नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: सूर्यचौरमा जलेको अवस्थामा भेटियो

यो समाचार शेयर गर्नुहोस्

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, उक्त हेलिकप्टर जलेको अवस्थामा भेटिएको छ। स्थानीयले हेलिकप्टर जलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए, र अहिले प्रहरी टोली घटनास्थलमा पुग्दैछ।

नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार, हेलिकप्टर सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। उनले भने, “प्रहरीको एउटा टोली अहिले त्यहाँ पुगेर हेलिकप्टरमा लागेको आगो निभाउँदैछ। हामी जिल्ला सुरक्षा प्रमुखहरूको टोली पनि घटनास्थलमा जाँदैछौँ। केही यात्रुको ज्यान गएको खबर हामीलाई आएको छ।”

प्रारम्भिक रिपोर्ट अनुसार, हेलिकप्टरले सूर्यचौर डाँडामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाको कारण र अन्य विवरणहरू हाल अनुसन्धानकै क्रममा छन्

प्रतिकृया दिनुहोस