पोखरा
नेपाल पत्रकार महासंघ कास्कीमा प्रेस युनियन प्रेस चौतारी गठवन्धन तर्फका उमेदवार माधव वराल विजयि हुनु भएको छ। वराल यस अघि पत्रकार महासँघ कास्की सचिव हुनु हुन्थ्यो भने अधिकारि पुर्व उपाध्यक्ष हुनु हुन्थ्यो



बरालले १ सय ५ मत प्राप्त गर्नु भएको छ भने प्रेस सेन्टर समाजवादी तर्फका उमेदवार राजेन्द्र अधिकारीले ९६ मत प्राप्त गर्नु भएको छ। गठवन्धन पक्षधरका उपाध्यक्षमा माधव रेग्मीले ९० मत प्राप्त गरि विजयी हुनु भएको छ भने, प्रेस सेन्टर समाजवादी तर्फका श्रीराम सिग्देलले ७७ मत प्राप्त गर्नु भएको छ, भने कमल पौडेल अथकले ३५ मत प्राप्त गर्नु भएको छ ।

महिला उपाध्यक्षमा कन्चन थापा १०९ मत प्राप्त गरि विजयी हुनु भएको छ, भने बिनाकुमारी थापाले ८७ मत प्राप्त गर्नु भएको छ । सचिवमा भुपाल गुरुङले १०२ मत प्राप्त गरि विजयी हुनु भएको छ भने,प्रेस सेन्टर समाजवदि तर्फका उमेदवार सन्देश श्रेष्ठले ९८ मत प्राप्त गर्नु भएको छ ।
सहसचिव (समावेशी) मा धनबहादुर गुरुङ सुमन १२६ मत प्राप्त गरि विजयी हुनु भएको छ भने, दिलप्रसाद गुरुङले ७२ मत प्राप्त गर्नु भएको छ।
सहसचिवमा मधु अधिकारी ११८ मत ल्याएर विजयी हुनु भएको छ भने, श्रीभद्र पौडेलले ८० मत प्राप्त गर्नु भएको छ ।

कोषाध्यक्ष पदमा राजाराम पौडेलले ११७ मत प्राप्त गरि विजयी हुनु भएको छ भने, सुरेश अधिकारीले ८० मत प्राप्त गर्नु भएको छ ।
महिला सदस्यमा कविता घर्तीमगर १०१ मत प्राप्त गरि विजयी हुनु भएको छ भने, देविका तामाङले ९४ मत प्राप्त गर्नु भएको छ।
सदस्य पदका लागि दलितमा सुरेश सुनारले १४३ मत प्राप्त गरि विजयि हुनु भएको छ भने, सन्तोष परियारले ५१ मत प्राप्त गर्नु भएको छ।
शुक्रबार देसैभर एकैसाथ भएको निर्वाचनमा
कास्की जिल्लामा २०५ मत खसेको थियो। जसमा पत्रकार महासघ कास्कीमा मात्र २२० सदस्य रहेका छन् ।
सदस्य (खुला) तर्फबाट
अर्जुन (सुशान्त) गाहाले १५१
गौरव त्रिपाठीले १४३
राजु गिरीले १३२
बालकुमारी पौडेलले १२९
सन्तोष सुवेदीले १२८
रिखिराम जिसीले ११७
तुलसीराम सुवेदीले १०७
निराजन अधिकारीले१०६
पुष्पराज दाहालले १०४ मत प्राप्त गरि विजयि हुनु भएको छ।
राष्ट्रिय परिषद् सदस्यमा
निर्वाचित ५ जना मध्ये
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट) १२४
दिननाथ बरालले ११६
कृष्णमणि बरालले १०९
भरत कोईरालाले १०८
राजबहादुर गुरुङले १०८ मत प्राप्त गरि विजयि हुनु भएको छ।





















