पोखरा



एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप प्रतियोगिता २०८१ को तयारी अन्तिम चरणमा रहेको छ । प्रतियोगिता खेलकुदको विकास, युवा प्रतिभाको पहिचान, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको हो।
प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लबहरू सहभागी हुनेछन्।

आयोजक संस्थाले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गर्दै, खेलकुदलाई शान्ति, विकास, र एकताको माध्यम बनाउनुपर्नेमा जोड दिएको छ। यसैगरी, प्रतियोगिताको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रयास गरिने जानकारी पनि दिएको छ।एनसेल पाँचौं टाइगर कपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरूका लागि एउटा ठूलो अवसर प्रदान गर्नेछ। प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रतियिगिता संयोजक रामकृष्ण ज्ञवालीका अनुसार यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ। यसले नेपाली खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थप्नुका साथै खेलाडीहरूलाई अनुभव र सिप आदान-प्रदान गर्न सहयोग गर्नेछ।उनले यो प्रतियोगिता अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताझैं ठुलो महत्वको भएको र यसले पोखराको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, यस प्रतियोगिताबाट पोखरामा यस्ता ठूला आयोजनाहरू गर्न सकिन्छ भन्ने सकारात्मक संदेश जाने धारणा राखे।
प्रतियोगिता माघ १२ देखि माघ १९ पोखरा रंगशालामा हुनेछ प्रतियोगीतामा महिला पुरुष तर्फ:-
६ र पुरुष तर्फ ६ गरि कुल १२ टिमको सहभागिता रहने छ ।साथै गण्डकी प्रदेशको महिला तर्फ ३ जना तथा पुरुष तर्फ ३ जना बिदेशी खेलाडी सहभागी हुदै छन् ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सरकारी, गैरसरकारी, र व्यवसायिक संस्थाहरूको सहयोग प्राप्त भएको छ। मुख्य प्रायोजक एनसेल रहेको छ भने बिशेष सहयोगीको रुपमा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय ,पोखरा महानगरपालिका , रास्ट्रिय खेलकुद परिषद ,प्रदेश खेलकुद परिषद गण्डकी , मणिपाल शिक्षण अस्पताल , गण्डकी मेडिकल कलेज , रोड शो ईन प्रा.ली , अन्नपूर्ण केबलकार प्रा .ली , इक्सटिप फेशन स्पोर्ट्स , केल्मि नेपाल ,प्रभु बैंक ,माछापुछ्रे बैंक ,मुक्तिनाथ बिकास बैंक , बिश्वकर्मा सप्लायर्स , कास्की जिल्ला खेलकुद विकास समिति , पर्वत क्लब हङकङ ब्यबस्थापन गण्डकी प्रदेश भलिबल संघ , जिल्ला भलिबल संघ कास्की मेडिकल पार्टनर गण्डकी मेडिकल कलेज ,चरक मेमोरियल हस्पिटल ,निट डेन्टल केयर , हस्पिटालिटी पार्टनर बाराही होटल, होटल माउन्ट कैलाश रिसोर्ट , कुटी रिशोर्ट ,एल्लो प्यागोडा ,बोधी सुइट्स बोन्टिक होटल , एंड स्पा , होटल पिस प्लाजा ,होटल पोखरा भिलेज , नमस्ते कोरियन रेस्टुरेन्ट , लगाएत भिभिन्न स्थानीय व्यवसायहरू रहेका छन्।
कार्यक्रम हेर्नको लागी टिकट काट्ने ब्यबस्था अनलाईन मार्फत इ–सेवाले प्रदान गर्ने जानकारी कार्यक्रममा बताइएको छ ।
आयोजकले आजै इ–सेवासँग औपचारिक सम्झौतासमेत गरेको छ ।
त्यस्तै, एक्सन स्पोर्टसले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्नै टाइगर ग्रूपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । यसपटक प्रतियोगिता आयोजना खर्च र पुरस्कार राशी दुबै वृद्धि गरिएको शर्माले बताए ।
महिला समूहतर्फ :-टाइगर ग्रुप अफ पोखरा,नेपाल एपीएफ क्लब,त्रिभुवन आर्मी क्लब,टिपटप न्यू डायमन्ड,नेपाल पुलिस क्लब ,ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब, सिसाकेट, थाईल्याण्ड ।
पुरुष समूहतर्फ :-टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब,गण्डकी प्रदेश भलिबल संघ,त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल एपीएफ क्लब,सुनिल भलिबल क्लब , कुरुक्षेत्र इन्डिया रहने छन ।
महिला तथा पुरुष तर्फ विजेता टोलीहरूका लागि: पुरस्कार राशी
महिला तर्फ:-
- प्रथम स्थान: रु. ५८५,५५५
- दोस्रो स्थान: रु. २८५,५५५
- तेस्रो स्थान: रु. १८५,५५५
पुरुष तर्फ:-
- प्रथम स्थान: रु. ५८५,५५५
- दोस्रो स्थान: रु. २८५,५५५
- तेस्रो स्थान: रु. १८५,५५५
उत्कृष्ट विधाहरूको पुरस्कार राशी:-
महिला तर्फ:-
- सर्वोउत्कृष्ट खेलाडी: रु. २५,७७७
- उत्कृष्ट सर्भर: रु. १०,५५५
- उत्कृष्ट सेटर: रु. १०,५५५
- उत्कृष्ट लिब्रो: रु. १०,५५५
- उत्कृष्ट स्पाइकर: रु. १०,५५५
- उत्कृष्ट कोच: रु. १०,५५५
पुरुष तर्फ:-
- सर्वोउत्कृष्ट खेलाडी: रु. २५,७७७
- उत्कृष्ट सेटर: रु. १०,५५५
- उत्कृष्ट सर्भर: रु. १०,५५५
- उत्कृष्ट लिब्रो: रु. १०,५५५
- उत्कृष्ट स्पाइकर: रु. १०,५५५
- उत्कृष्ट कोच: रु. १०,५५५
मूल आयोजक समिति:-
- संयोजक: नारायण प्रसाद शर्मा अध्यक्ष
- सह-संयोजक: डिगबहादुर केसी उपाध्यक्ष
- प्रतियोगिता संयोजक: रामकृष्ण ज्ञवाली
- अतिथि सत्कार संयोजक प्रकाश बराल
- आर्थिक संयोजक :हरि कुमार श्रेष्ठ
- सचिवालय ब्यबस्थापन संयोजक :डम्मर बहादुर नेपाली
- प्राबिधिक उपसमिति संयोजक : याम बहादुर गुरुङ तथा बिभिन्न शिर्षका संयोजक हरु इन्द्र प्रसाद पौडेल , बिरेन्द्र खड्का , नरेश भट्टराई , राजकुमार गुरुङ , प्रजापति पराजुली , डि. आर पोखरेल राजन बड्गामी रहेका छन ।
प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघिबढाउन स्वदेश तथा बिदेशमा रहनुभएका खेलप्रेमी भलिबल प्रेमी महानुभावहरुलाई आग्रह गर्दै राजनीतिकर्मी , स्थानीय तह ,स्थानीय प्रशासन ,सुरक्षा कर्मी ,उधोगी ,व्यापारी ,नागरिक समाज ,बिभिन्न संघ संस्था ,खेलकुद संघ संस्थाहरुलाई बिगतका बर्ष हरुमा झैँ आर्थिक नैतिक सहयोगको लागी आयोजक ले अपिल गरेको छ ।





















