Thursday, September 10News That Matters

दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

यो समाचार शेयर गर्नुहोस्

दौतरी समूह रामबजारको आयोजनामा पोखरामा ‘दोस्रो दौतरी कप विद्यालय स्तरीय फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ । आगामी भदौ १९ गतेदेखि २१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिप्रपोज कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले विहीबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । खेलकुदको माध्यमबाट विद्यार्थीहरूबीच एकता, आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले जानकारी दिए  ।


करिब ४५ टीमको सहभागीता रहने उक्त प्रतियोगितामा प्रथम हुने विद्यालय वा टिमले नगद ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी अनुशासित खेल प्रदर्शन गर्ने टीमलाई नगद ११ हजार १ सय ११ सहित फेयर प्ले पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक तेजेन्द्र दाहालले जानकारी दिए । 


दाहालका अनुसार ब्याक्तिगत विद्यातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद, ट्रफी र प्रमाणपत्र द्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागीका लागि टिम दर्ता शुल्क ५ हजार लाग्ने छ । 

यो प्रतियोगिता खेलकुदमा मात्र सीमित नरही यसको मुख्य उद्देश्य सामाजिक सेवा तथा परोपकार रहेको दौतरी समुहका अध्यक्ष मनोज गुरुङले बताए । गुरुङका अनुसार प्रतियोगिताबाट बचत हुने रकम समाजका फरक क्षमता भएका व्यक्तिहरू, क्यान्सर (अंकोलोजिस्ट) पीडित तथा जेहेन्दार एवम् विपन्न विद्यार्थीहरूको सहयोगार्थ खर्च गरिने छ  । साथै, संस्थाको आर्थिक कोष मजबुत बनाई स्थानीय स्तरमा मानव सेवा आश्रममा भोजन, शैक्षिक सामग्री वितरण तथा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने समूहको भावी योजना रहेको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य प्रायोजक तथा सल्लाहकार बिनिता थापा, सह प्रायोजक तथा राम बजार हङकङका संस्थापक रक्षा गुरुङले प्रतियोगिताको सफलताको कामना गरे ।   कार्यक्रम सञ्चालक समुहका सचिव थमन बहादुर थापाले गरेका थिए । 

प्रतिकृया दिनुहोस