पोखरा
नेपाल दशनामी समाज युवा समिती कास्कीको आयोजनामा पोखरा–७ स्थित श्रीकृष्ण माविमा अध्यनरत कक्षा ७,८,९ का छात्राहरुलाई “आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम “सम्पन्न गरेको छ।।कार्यक्रममा सहायक प्र.अ दिनेश बरालले यस्ता प्रशिक्षण अहिलेको वर्तमान अवस्थामा एकदम आवस्यक रहेको बताउनु भयो।।कार्यक्रम सफल पार्न सहयोग गर्नहुने प्रशिक्षक कृती गिरी सुबिना गुरुङ संजोग परियार हुनुहुन्थ्यो !

कार्यक्रममा स्वागत मन्तव्य दिपक गिरीले दिनुभएको थियो। भने कार्यक्रम सञ्चालन सन्देश गिरीले गर्नुभएको थियो।
कार्यक्रममा सदस्यहरू कृष्ण गिरी, सिम्रन गिरी,कृति गिरी
कामना गिरीको उपस्थिति थियो !सदस्य कृष्ण गिरीले हामीले भोलिका दिनमा पनि यस्तो खालको कार्यक्रम गर्ने बताउनुभएको थियो।

नेपाल दशनामी समाज युवा समिती कास्कीको
अध्यक्ष सरस्वती पुरीले अहिलेको समय परिस्थितिलाई ध्यानमा राखेर हामीले यो कार्यक्रम गरेको बताउनुभयो !
प्रतिकृया दिनुहोस