Sunday, March 23News That Matters

लागू औषध सेवनकर्ता र उनका अभिभावकहरुलाई सचेतना तथा सपथ कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध सेवनकर्ता र तिनीहरुका अभिभावकलाई सचेतना तथा सपथ कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सेवनकर्ताहरुलाई उनीहरुको अभिभावकको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

१३ जनालाई लागू औषध, लागू औषधको प्रयोगबाट हुने असरहरू तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण दिइएको थियो । साथै अब उप्रान्तलागू औषध सेवन नगर्ने, लागु औषध प्रयोगको असरका बरेमा अन्य व्यक्तिहरुलाई जानकारी गराउने, लागु औषध दुर्व्सनी, कारोवारी रआपराधिक गतिविधिको वारेमा प्राप्त भएको जानकारी प्रहरीलाई दिई प्रहरीको असल साथी बन्ने, असल र जिम्मेवार नागरिक बनी समाजपरिवर्तनको संवाहक बन्ने भनि सपथ खुवाई अभिभावकको जिम्मा लगाई छाडेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस