Wednesday, April 22News That Matters

कास्कीमा क्युआरकोड मार्फत गुनासो राख्न पाइने, नगरिकले सहजै सेवा लिन पाउने अपेक्षा

यो समाचार शेयर गर्नुहोस्

पोखरा / यसो त सरकारि तथा गैर सरकारि सेवाप्रवाह गर्ने जुनसुकै क्षेत्रमा पनि नागरिकले पटकपटक ठगिएको गुनासो नगरेका हैनन्।
चाहे त्यो सरकारि सेवा लिदा ह‍ोस् चाहे सार्वजनिक सवारीमा यात्रा गर्दा ह‍ोस् चाहे स्थानीय तहमा सेवा लिदा होस् ठगिएकै अन्यायमा परेका गुनासाहरु सर्वत्र सुन्न पाइन्छ । हो त्यसरि ठगिएका अन्यायमा परेका उपभोक्ताहरुले न्याय खोज्न निबेदन लेखेर उजुरी गर्न अब कुनैपनि सम्वन्धित कार्यालयमै जानू पर्ने अवस्था लाई नेपालमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय कास्कीले अन्त्य गरेको छ।

नेपालमै पहिलो आफ्नै मोबाइलबाट क्यु आर कोड स्क्यान गरेर तत्कालै स्मार्ट उजुरी गर्न पाइने भएको छ । त्यसरी गर्ने उजुरीमा आफ्नो नाम र नम्बर समिट गरे पनि त्यो नाम सार्बजनिक नगरिने जिल्ला प्रशासन कार्यालय कास्कीले बताएको छ ।

कास्की प्रशासनले उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि समेत क्युआर कोड सहितको अनलाइन प्रणालीको व्यवस्था पहिलो पटक गरेको हो ।

गृहसचिव एकनारायण अर्यालले मंगलबार जिल्ला प्रशासन कार्यालको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा क्युआर कोड सार्वजनिक गरेका थिए।
बजारमा उपभोक्ता ठगिएको र मर्कामा परेको गुनासो आएपछि यो प्रणाली सुरु गरिएको हो । रात्रिकालीन व्यवसाय , शिक्षा स्वास्थ्य , यातायात देखि विभिन्न वस्तु र सेवा प्रवाहका सबै क्षेत्रका बारेमा गुनासो गर्न मिल्ने गरी व्यवस्था मिलाइएको जानकारी गराइएको छ ।
साथै जिल्ला प्रशासन कार्यालयकै सेवा प्रवाहमा पनि यदि कुनै सेवाग्राहि लाई कुनैपनि समस्या परेमा सुनुवाइ नभएमा तुरुन्तै गुनासो गर्न मिल्ने गरी अर्को क्युआर कोड समेत बनाइएको छ ।

गृहसचिव अर्यालले संविधान र कानुनले उपभोक्ताको अधिकारलाई सुनिश्चित गरेको भन्दै उपभोक्ता आफै पनि सचेत र जागरुक हुनुपर्नेमा ज‍ोड दिए ।
कास्की प्रशासनले सुरु गरेको कामको प्रशंसा गर्दै उनले अब अरु जिल्लामा यसै गर्नका लागि निर्देशन जारी गर्ने प्रतिबद्धता जनाए । यस प्रकारको प्रणालीले कास्कीमा बिना झन्झट गुणस्तरीय सेवा र वस्तु पाइन्छ भन्ने वातावरण सिर्जना गर्ने अर्यालको भनाइ थियो ।

ठगिमा परेका पिडित उपभोक्ताले कसरी यो क्युआर कोड प्रयोग गरेर गुनासो गर्न सक्छन् भन्ने सचेतना फैलाउन आवस्यक रहेको र यसका लागि प्रमुख भुमिका मिडियाको रहेको कुरामा जोड दिदै स्थानीय तहले समेत व्यापक प्रचार गर्नुपर्ने वताए ।’

नागरिक वडापत्रमा उल्लेखित कामहरु तोकिए बमोजिम सम्पादन भए नभएको पनि यो क्यु आर कोडले समेटेको छ । कर्मचारीले समयमै काम नगरे क्षतिपूर्तिको व्यवस्था संविधानले गरेको जानकारी सहित उनले वस्तु र सेवा लिदा गुणस्तरहीन भएमा सम्बन्धित पक्षबाट क्षतिपूर्तिको व्यवस्थातर्फ पनि स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।
बजार अनुगमन कारबाहीको प्रक्रिया अलि जटिल भएकाले कानुन परिमार्जनको चरणमा रहेको उनले सुनाए ।

सस्तोमा सस्तो भनेजस्तो | Zero KM Chowk, Pokhara यहाँ ४०० ,६००,८००,१०० सम्मको कपडाहरु पाईन्छ

प्रतिकृया दिनुहोस