Friday, March 28News That Matters

पोखरा बाट काठमांडौको लागि उडेको बुद्ध एयरको बिमान भैरहवा पुग्यो

यो समाचार शेयर गर्नुहोस्

 पोखरा ,पोखरा विमानस्थलबाट बुधबार बिहान काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण करिब २० मिनेर आकाशमा घुमेर यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो ।

फाईल फोटो

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले भिजिविलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको बताइन् ।उनका अनुसार भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ । पछिल्लो समय भएका दुई ठूला दुर्घटनापछि हवाई सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिकृया दिनुहोस