सम्झौता खारेज नगरे कडा कारवाहिको चेतावनि
पोखरा १७ स्थित पर्यटकीय स्थल पातले छाँगोको तथा (डेभिडफल्स ) बर्षौदेखि विद्यालय स्वामित्वमा रहेको जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएर मिलेमतोमा लुटतन्त्र मच्चाउदै ठेकेदारकै मतियार भएको आरोपमा पोखरा १७ स्थित श्री छोरेपाटन माध्यमिक विद्यालय, कास्कीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी लाई नेकपा बहुमत गण्डकी प्रदेसले जनकारबाही गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उनलाई कालोमोसो दलेर सांकेतिक कारबाही गरेको जनाएको छ।
विद्यालयको सार्वजनिक सम्पत्ति रहेको पातले छाँगो विगत ४८ वर्षदेखि छोरेपाटन माविले संरक्षण र भोगचलन गर्दै आएको थियो । तर, हालै उक्त जग्गा निजी कम्पनीलाई ठेक्कामा दिइएपछि स्थानिय वासिन्दा समेत चिन्तित रहेका थिए भने, विद्यार्थीको भविष्यसँग जोडिएको आयश्रोत गुम्ने खतरा देखिएको भन्दै विद्यार्थी संगठनहरू विरोधमा उत्रिएका छन् ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजनले जारी गरेको विज्ञप्तिमा ‘विद्यालयको नाममा हुने भ्रष्टाचार, निजीकरण र माफियातन्त्रविरुद्ध जनकारबाही आवश्यक रहेको उल्लेख गर्दै जनताको सम्पत्तिमा दाबी गर्ने तर निजी कम्पनीसँग साँठगाँठ गर्नेहरूलाई अब सजायको दिन सुरु भएको वताइएको छ।
बिध्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व प्रअ पहारिले करिब २२सय बिध्यार्थि पढ्ने बिध्यालयको मुख्य आयस्रोत रहेको सम्पत्ति ब्यक्तिगत स्वार्थमा लागेर केही मुठ्ठी भर माफिया हरुसँग मिलेर पातलेछागो पोखरा महानगर पालिका हुँदै निजि कम्पनी लाई ठेक्का दिने सम्झौतामा हस्ताक्षर गरेका उनी विरुद्ध स्थानिय हरुले आवाज उठाइ रहेका थिए।
बिध्यार्थिकै भबिष्यमाथि खेलवाड गर्दै बिध्यालयको अहित हुनेगरि उनले गरेको सम्झौता विरुद्ध सँगठनले साङ्केतिक रुपमा कालो मोसो दलेर कारवाहि गरेको प्रेस बक्तब्य मार्फत सार्वजनिक गरेको छ।सम्झौतामा हस्ताक्षर गर्ने अर्का बिध्यालयका प्रअ डिल्ली राम शर्मालाई तत्काल राजिनामा दिन समेत चेतावनी दिदै राजिनामा नदिएको खण्डमा सँगठन कडा भन्दा कडा कारवाहि गर्न बाध्य हुने जारि बक्तब्यमा उल्लेख गरिएको छ।
सोही मुद्दामा सँलग्न तत्कालीन जनप्रतिनिधि कर्मचारी वर्तमान जनप्रतिनिधि लगायतले पातले छाँगो ठेक्का सम्झौता तुरुन्तै रद्द गर्न र पुर्व अवस्थामै सुचारु हुने गरि फर्काउन समेत चेतावनी दिदै ठेक्का प्रक्रियामा रहेको सेती क्यान्योन प्रालिका अध्यक्ष लाई ठेक्का सम्बन्धि सम्पुर्ण काम कारवाहि तत्काल रोक्न समेत सँगठन अनुरोध गर्दछ। जारि बक्तब्यमा उल्लेख्य छ।
