Wednesday, June 24News That Matters

पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा, कास्की — नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, पोखरा महानगरपालिका–११ शितलदेवीमा बस्ने देविकला अधिकाीरलाई लुटपाट गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उक्त घटनाको अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा पोखरा–९ मोदी गाउँका २४ वर्षीय सुजन के.सी. पक्राउ परेका हुन्। उनको साथबाट नक्कली पेस्तोल (खेलौनाको) एक थान ग १३ प ९८३२ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सुजनमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ। प्रहरीका अनुसार, उनी उक्त पेस्तोल देखाएर लुटपाटमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

प्रतिकृया दिनुहोस