Saturday, November 8News That Matters

लापरबाही हेचेक्र्याइको परिणाम

यो समाचार शेयर गर्नुहोस्

मानिसमा मात्रै हैन लापरबाही हेलचेक्रयाइ गरेमा मै हु भन्ने ठुला ठुला शक्तिशाली पाटिहरुमा पनि यस्ता रोग बाट सक्रमित हुदा रहेछन् भन्ने कुरा  यतिबेला नेपालका ठुला दल हरुमा लागेको सुगर प्रेसर  ग्यास्टिक पत्थर , थायोरड , अल्सर ,क्यान्सरको लक्षण , व्रेन ट्युमर यी सबै रोगका कारण नेपालको राजनीति दुषित देखिएको छ। यतिबेला देसले यो अवस्था भोग्नु परेको कारण भनेेकै दलहरुमा लागेको दिर्घ रोगको परिणाम हो भन्दा फरक नपर्ला,

विशेष गरेर नेपालका ठुला भनिएका दल हरु यस्तो रोगहरु बाट सक्रमणका शिकार भएका छन् ।पछिल्लो समय त यी दलहरु यस्ता रोगबाट यति सक्रमित भएका छन् कि सायद अब उपचार गरेर पनि निको नहुनि सङ्केत हरु देखा पर्न थालेका छन्। पहिला पहिला यी दलका नेताहरु भुमिगत भए जसले गर्दा समयमा खानाको अभाव नै थियो होला। चिसो छिडिमा बर्षौ सुतेका नेताहरु थिए ।जसले गर्दा  उनिहरु राज्य सत्तामा आएपछि यति भाति हसुर्न थालेकि जसले गर्दा उनलाई एकातिर ग्यास्टिकले समात्यो अर्को तिर बाथले समात्न थाल्यो । समयमा खाना नखाएका चिसोलेले चिसिएका पाटिहरु ग्यस्टिकको प्रभाव र वाथको प्रभावको सिकार भएपनि सत्ताको स्वादमा यति रमाउन थालेकि जे पायो त्यहि खान थाले। भनाइ छनि मुख बार्नु पर्छ त्यो सब बिर्सदै गए, जे पायो त्यहि खान थाले उहीँ उड्नेमा जहाज नखाने चार खुट्टेमा खाट नखाने गुड्नेमा गाडि नखाने धुलोमा माटो नखाने  तितोमा पाति नखाने गिलोमा आचि नखाने  भनेजस्तो , साह्रोमा ढुङ्गा नखाने धातुमा  सिल्वट नखाने ,भनेजस्तो पनि हुन सकेन यिनले त जहाज पनि खाए गाडि पनि खाए खाटको ता के कुरा पलङ समेत खाए। धुलोमा माटो नखाने हरुले वालुवा पनि छाडेनन्।वालुवा पनि  खाए।साह्रोमा ढुङ्गा नखाने भनेको ता ढलान पनि छाडेनन्। धातुमा केही नखाने भनेकोमा सुन फलाम पनि छाडेनन्। यिनले  पानी पनि खान्नम् भने नदि नाला खाए।यहाँ सम्म कि, देसै बेच्न थाले। राष्ट्र राष्ट्रियता र राष्ट्रको स्वाभिमान कै लिलामि गर्न थाले।जनतालाई धोका दिन्नम् भने  सर्वसाधारण जनतालाई गोलिका खोका ख्वाए ।आफुहरुले कमिसनका पोका खाए।। पाटिको वेनर तुल तक नखाने हरुले हाइड्रो मात्रै हो र  पुल पनि खाए।  यिनले के खाएनन्, माटो खाए बाटो खाए । यिनले मुख वारेनन् ।जेपायो त्यहि खाए खादै गए, दालमात्रै खाएनन् नदिनाला ताल खाए, तरकारी मात्रै हैन सहकारी खाए, जसले गर्दा यिनलाई मात्रै हैन पाटिलाइ समेत  दिर्घ र‍ोगि वनाउदै गए। सिङ्गो देसलाइ  भ्रष्टाचार गरेर यति र‍ोगि बनाएकि यसको उपचार गर्न सम्भव नभए जस्तो अवस्थामा पुर्याए।

आफू हरु पनि भ्रष्टाचारले गर्दा यति दुर्गन्धित भएकि पाटिलाइ मात्रै हैन सिङ्गो देसलाइ नै भ्रष्टाचारै भ्रष्टाचार गरेर दुर्गन्धित बनाए। कोहि नेता भ्रष्ट भए कोहि नेता ढोगि भए  जसले गर्दा यहाँ सम्म कि आफै रोगी भए, भए देसलाइ समेत रोगी बनाए।  देसको  मुल शक्ति भनेकै युवाशक्ति हो जुन शक्ति लाई यति अपमान गरेकि रछ्यानमै पुर्याए, सबै कुरा आफै जान्ने आफै अनुभवि भएको स्वघोषणा गर्न थाले कहिले हजारौं बर्ष पहिलाको कुराहरुलाइ समेत जानेको बुझेको अन्तर्यामि भएको नाटक देखाउन थाले जुन देस सनातनि हिन्दु बौद्ध राष्ट्रको नामले चिनिएको कैलास पर्वतले सिङ्गारिएको ज्ञानभुमि तपोभुमि हो।पशुपति नाथ  शिवको रक्षाले टिकेको देस हो त्यहि देसको शासक भएर शिव बुद्धको जन्मकुण्डलि समेत थाहा भएको ढोग गर्न थाले,आफ्नै पाटिमा भएका युवानेताहरुलाइ अघोषित वृद्द बनाइ दिए ।सास छइन्जेल आफू केन्द्रमा रहनुपर्ने मानसिकता बोकेका नेताहरु कहिल्यै विशाल सोच बाट माथि उठ्न सकेनन्।।  यति घमण्ड र अहङ्कारि भएकि थाहै पाएनन् ,जसले गर्दा  अति गर्नु अतिचार नगर्नु भन्ने भनाइले सार्थकता पाउदै जान थाल्यो,लापरबाही र हेलचेक्र्याइको परिणाम स्वरूप जेन्जि पुस्ता जाग्यो ,जेन्जि पुस्ता जाग्ने बित्तिकै कलिलो मुन्टो भाचेझै गरि सरकारले  यसरी भाच्न खोज्यो कि जेनजि भनेको सामान्य झारपात जस्तो गर्नथाल्यो। तर जेनजि लाई सरकारले यसरी  जिस्कायो कि  जेनजि आगो बन्यो बाढि बन्यो,  यति जाग्यो कि नेताहरुले लगाएका भ्रष्टाचारक पर्खाल यिनका सिमा सबै भत्काइ दिए। सबका सब भागाभाग गरे जेनजि आन्दोलनले कसैलाई पनि कहिल्यै कमजोर ठान्नु हुदैन भन्ने एउटा ठुलो सन्देस दिदै जेनजि आन्दोलनकै जगमा अन्तरिम सरकार बन्यो। सरकार बनेर पनि  आज देस कता जादैछ अब देसमा के हुन्छ भन्ने दर्जनौं प्रस्न उब्जि रहेका छन्। यी सबै प्रस्नको जवाफ भनेको मात्रै भ्रष्टाचारि लाइ कारवाहि  शुशासन सहितको राज्य सँचालन प्रणाली, आफ्नै हातले भोट दिएको प्रत्यक्ष कार्यकारिणि सरकार ,पहिला हामी नेपाली त्यसपछि पाटि भन्ने भावना बाट ओतप्रोत सहितको राष्ट्रिय एकता हुन सक्छ। सायद अब पनि कतिपय नेताहरु चेताएका छैनन् अझै पनि लुकिछिपि आ आफ्नो डम्फु बजाइरहेका छन् । शासक र देसका ठुला भनिएका दल र नेताहरुले नाङ्गो नाच देखाएर मनपरि गरेकै कारण देसमा यो अवस्था आएको हो भन्नेमा कसैको पनि फरक मत छैन। फेरिपनि सबै हैन अझै यी  केही भ्रष्ट जेपाए पनि खाने केही पनि नछाड्ने नेताहरुले मुन्टो ठड्याउदैछन्। अब भने ती भ्रष्ट हरुले मुन्टो ठड्याउने अवसर नेपाली जनताले दिनु हुदैन।र दलहरुमा भएका असल नेताहरु पनि छुट्नु हुदैन ।

प्रतिकृया दिनुहोस