Sunday, March 23News That Matters

वडाध्यक्ष थापालाई लण्डनको लेविसम काउन्सीलका मेयरबाट सम्मान

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा बेलायतको लण्डन शहरको दक्षिण पूर्वी भेगमा रहेको स्थानीय निकाय बरो अफ लेविसम काउन्सीलका मेयरबाट सम्मानित भएका छन् ।
एभरेष्ट इन समूहको सहकार्यमा सामाजिक एवं सामुदायिक हितका लागि कार्य गरेवापत अध्यक्ष थापालाई मेयर ताउसेफ अनवरले लेविसम काउन्सीलमा सम्मान गरेका हुन ।


बेलायत भ्रमणमा रहेका थापालाई सम्मान गर्दै, मेयर एवं काउन्सीलका प्रवक्तासमेत रहेका अनवरले आफ्नो नगर र पोखरा महानगरबीच मित्रताका लागि चाँडै नै संझौता हुने विश्वास व्यक्त गरे ।
उनले लेविसम नगरका तर्फबाट पोखरेली जनतालाई मित्रता र सद्भावको सन्देशसमेत दिएका छन् । वडाध्यक्षले थापाले पोखरा भ्रमणका लागि दिएको निमन्त्रणा स्वीकार गर्दै, मेयर अनवरले त्यसलाई सहकार्यको अवसरका रुपमा प्रयोग गर्ने बताए ।
वडाध्यक्ष थापाले यसअघि लण्डन सर्दक काउन्सीलका मेयर सुनिल चोप्राले पनि रोयल ट्रेकको भ्रमण गरेको जानकारी गराउँदा, मेयर अनवरले चोप्रा र आफूबीच पनि घनिष्ट सम्बध रहेको बताएका थिए । त्यस अवसरमा मेयर अनबरले काउन्सीलको बैठक प्रक्रियाका विषयमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस