Friday, March 28News That Matters

वीरगञ्चबाट पोखरा आउँदै गरेको बस दुर्घटना, ३२ घाइते

यो समाचार शेयर गर्नुहोस्

पोखरा

वीरगञ्जबाट पोखरातर्फ आइरहेको यात्रु बस विहिवार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् |

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

बिहान करिब पौने ५ बजे वाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।

प्रतिकृया दिनुहोस