Friday, March 28News That Matters

किन गरिन्छ ट्राफिक नियम उलङ्घन ?

यो समाचार शेयर गर्नुहोस्

पोखरा पर्यटकीय सहर । जसलाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेश सरकार र विशेषगरी पोखरा महानगरपालिका धमधुस तरिकाले लागिरहेका छन् । उसो त पर्यटकीय राजधानी बनाउनकालागी राज्यले विज्ञ टोलि नै बनाएको छ । तर पर्यटकीय राजधानी पोखराका सडकमा यसरी  पैदलयात्रीलाई समेत बाधा अवरोध पुग्ने गरि सवारी पार्किङ गरिएको हुन्छ जुन कुरा पोखराका हरेक सडक र गल्लीमा देख्न पाइन्छ ।

यसरी  जथाभावी पार्किङ गरि सवारी राख्नेहरुमा सरकारी अर्ध सरकारी तथा निजि  सवारी बढी देखिन्छन्  । कतिपय मुख्य चोक सडकमा सार्वजानिक सवारी र मोटरसाइकल  समेत  जथाभावी पार्किङ गरिएकै कारण पैदल यात्रुलाइ सडक प्रयोग गर्न बाध्य हुनु परेको भुक्तभोगिहरु बताउछन्।
पोखरा आफैमा व्यस्त शहर  सवारीको चाप अत्याधिक भएपनि  ट्राफिक प्रहरी सबै ठाउँमा पुग्न सक्ने अवस्था भने देखिदैँन। यति ठुलो शहरमा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीमा जनशक्तिको अभाव रहेको दशकौं भै सक्दा पनि  न त गृह मन्त्रालय, न त सरोकार प्रमुखहरुको नै यसतर्फ ध्यान पुग्न सकेको देखिन्छ।
यसो त ट्राफिक प्रहरीका अनुसार आफ्नो सवारी कुन दिशा तर्फ फर्काएर कुन साइडमा कस्तो ठाउँमा पार्किङ गर्ने भन्ने बारे चालकले नै ट्राफिक नियम पालना गर्नु पर्छ।


नजानेर थाहा नभएर भन्दा पनि जानि जानि एकैछिन ता हो ! भन्ने वा कसले पो के गर्छ र ?भनेझै गर्ने, ट्रफिककोआखाँ छल्नुलाई बहादुरी ठान्ने चालकहरुको मानसिकताले गर्दा पनि यसरी ट्राफिक नियम उलङ्घन बढिरहेको छ ।
पछिल्लो समय पोखराका मुख्य चोकहरुमा ट्राफिक लाइट समेत जडान गरिएको छ । जिरो किलोमीटर, सिर्जनाचोक, सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल लगायता चोकहरुमा ट्राफिक लाइट जडान भएको छ । तर त्यही लाइट जडान गरेकै स्थानमा समेत कसरी कहाँ पार्कीङ गर्नेभन्ने थाहा हुँदाहुँदै चालकले जथाभावी पार्किङ गरिदिन्छन अनि जथाभावी रोकिदिन्छ र पनि ट्राफिक प्रहरीको ध्येय पुगिरहेको हुँदैन । पुगोस पनि कसरी हामी नेपालीलाई नो पार्किङमा, जेब्राक्रसिङमा र साना गल्ली सडकमा पार्किङ गर्ने आदत जो छ । ट्राफिक प्रहरीले चिटै काटेपनी त्यसकोवास्ता हुदैन । सक्नेले फोन घुमाउने नसक्नेले जरिवाना तिर्ने ।
ट्राफिक नियमको उल्लंघन गर्दा हामी वडो गर्व गर्छौ तर त्यसले एक वा दुई होइन कयौंलाई असर गरिरहेको हुन्छ । पहिला हामी हाम्रो आचरण सुधारौ तब मात्र सिस्टम बन्छ । सिस्टम बने दुर्घटना हुँदैन, यात्रीहरुले सास्ती खेप्न पर्दैन, त्यसपछी गल्ती गर्ने पनि डराउछन र ट्राफिक नियम उल्लंघन पनि कसैले गर्दैनन् । असल चालक बनौ आफू पनि बचौ र अरुलाई पनि बचाऔं ।

प्रतिकृया दिनुहोस