Tuesday, February 10News That Matters

म्याग्दीमा ढुंगा र चिर्पटले वृद्धा र बालिकाको हत्या, एक पक्राउ

यो समाचार शेयर गर्नुहोस्


पोखरा

म्याग्दीमा ढुंगा र चिर्पट प्रहार गरि दुई जनाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमकी ७० वर्षीया मनिषा गर्बुजा र उनकी नातीनी ७ वर्षीया प्रियंका गर्बुजाको ढुंगा र दाउराको चिर्पट प्राहर गरि हत्या गरिएको छ । आक्रमण गरेको देखेपछि जोगाउनका लागि प्रयास गर्दा छिमेकी ६६ वर्षीय अमृता जुगजाली घाइते भएको प्रहरीले जनाएको छ।
ढुंगाको छपनी तथा चिर्पट दाउराले प्रहार गर्दा ७० वर्षिय मनिषाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अशोक झाले जानकारी दिए ।

घाइते नातीनी र छिमेकीको दरवाङ आधारभूत अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा लगिएको थियो। नातिनी प्रियंकाको पोखरामा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

घरमा मनिषाका छोरा बुहारी नभएको र नातीनी मात्रै रहेको समयमा एक्कासी आक्रमण भएको थियो । नातिनीको उपचारको क्रममा मृत्यु भएको र एक जना नाती भने घर भित्रै लुकेर बसेका कारण सकुशल रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

हत्या र आक्रमणको आरोपमा स्थानीय बासिन्दाले एक जना पुरुषलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको हुन् । प्रहरीले नियन्त्रणमा रहेका व्यक्तिको पहिचान भने खुलिसकेको छैन्।

प्रतिकृया दिनुहोस