इतिहासलाई फर्किएर हेर्दा हामी नेपाली हुनुमा र हामी नेपाली हौं भन्नुमा हरेक स्वाभिमानी नेपालीलार्इ वडो गर्व लाग्छ। भारत भन्दा पहिला स्वतन्त्र रहेको नेपाल अहिलेका शक्तिशाली देखिएका देशहरुलार्इ चाँदिका मोहोर ऋण स्वरुप दिएको इतिहास छ ।
त्यतिमात्र हैन नेपालको उत्पादित अन्न दान दिएको तत्कालीन हिन्दुस्तान बाट हाम्रा पुर्खाहरुले अङ्ग्रेज धपाउन देखाएको बहादुरी विश्वका जुनसुकै देशको पनि आन्तरिक तथा बाह्य सुरक्षाको जिम्मेवारी लिन सक्ने हाम्रा पुर्खाले स्थापित गरेर छाडेको नेपाल र नेपाली प्रति विश्वले गर्ने विश्वास बहादुरी इमानदारीता नै नेपाल राष्ट्र र राष्ट्रियताका सम्पत्ती हुन् । त्यहि पुर्खाले स्थापित गरेको विश्वास र बहादुरीको सम्पत्तीलार्इ कहिले सदुपयोग त कहिले दुरुपयोग गर्दै अझै पनि हामी नेपालीले भरपुर फाइदा उठाइ रहेका छौं । त्यतिमात्र हैन अझैपनि विश्वका कतिपय राष्ट्रलार्इ उहि हाम्रा हजुरबाले घिउ खाथ्ये मेरा हात सुम सुम भनेजस्तो गरि हाम्रा शासकहरुले आ–आफ्नो स्वार्थ पुरा गरि रहेका छन्।
त्यसैले त बेला वखत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ भन्ने यो भनाइले मौका पाउछ। कहिले ‘हटि हैन डटि लड्ने नेपालीको बानि हुन्छ’ भन्ने वाक्यले त कहिले वहादुर त कहिले गोर्खा शब्दहरुले हामीलाइ छिमेकी भारतीयहरुले समेत सम्मान सहित सम्बोधन गर्छन्। यो चानचुने कुरा हैन । यो हाम्रा पुर्खाहरुले हामीलाइ हाम्रा लागि मात्र हैन हाम्रा भावि सन्ततीका लागि छाडेर गएका हुन्यो, हाम्रो सम्पत्ती मात्रै हैन अन्तराष्ट्रिय सान र स्वाभिमान हो। यति बेला भने हामी केहि हद निकम्मा सावित हुँदै आएका छौं । हामी आफुले केहि नगर्ने पुर्खाले छाडेर गएको शान र स्वाभिमान लाइ बचाउन पनि नसक्ने निकम्मा भएका छौ। त्यसैले यहा सिङ्गो देशैभर एउटा प्रस्नवाचक चिन्हको सङ्केत सर्वत्र देखिन थालेको छ।।
हामी भित्रैको म ले हामी बनेर कहिले साच्चिकै नेपाली बन्ने भनेर सोधि रहेछ। हामी साच्चिकै नेपाली कहिले बन्ने र भन्ने यो देश हाम्रा पुर्खाहरुले आर्जेको हाम्रो देश नेपाल र हामी उनै बहादुर स्वाभिमानी पुर्खाका सन्तती स्वाभिमानी बहादुर नेपाली बन्ने भनेर त्यो प्रस्नले सोधि रहेछ। हामीले अब यसको जवाफ दिने बेला आएको छ।
हिजो हामी गर्वका साथ नेपाली हुँ भन्नेहरु हामी पहिला त एक स्वाभिमानी नेपाली हौं त्यसपछि बल्ल पार्टी नेता, कार्यकर्ता हौं भनेर अब हामीले कहिले भन्ने ? हामीले राष्ट्र र राष्ट्रियता लाई बिर्सदै कहिले कम्युनिष्ट त कहिले काङ्ग्रेस लगायत दर्जनौवादी कहिले सम्म बनी रहने ? अब सबैले सोच्ने बेला आएको छ। हो हामी सबैलाइ थाहा भएकै कुरा हो । कुनैपनि देशमा विचार सिद्दान्त बिना राजनीति विना देश राज्य व्यवस्था संचालन हुनै सक्दैन । सार्भौमसत्ता सम्पन्न जनता विना राजनीति विना केहि हुनै सक्तैन । पार्टी विना राजनीति हुनै सक्दैन, नेता कार्यकर्ता विना पार्टी बन्नै सक्दैन त्यो सबैलाई थाहा भएको कुरा हो । तर, यी सबै कुरा हुनलार्इ पहिला त देश चाहिन्छ, राष्ट्र र राष्ट्रियता चाहिन्छ। तब मात्रै राज्य व्यवस्था चाहिन्छ। त्यसैले पहिला हामी त्यसका लागि साच्चिकै इमानदार स्वाभिमानी नेपाली बन्न सक्नु पर्छ। जबसम्म हामी नेपाली जनता साच्चिकै नेपाली बन्न सक्दैनौ तबसम्म हामीले राष्ट्र राष्ट्रियता बचाउन सक्दैनौं । त्यसैले तितो सत्य भन्नै पर्ने हुन्छ जब सम्म हामी साच्चिकै नेपाली बन्न सक्दैनौ तबसम्म हामीले राष्ट्र र राष्ट्रियतालाई बचाउन सक्दैनौ । जबसम्म राष्ट्र र राष्ट्रियतालाई बचाउन सक्दैनौ, तबसम्म हामीले काङ्ग्रेस÷कम्युनिष्ट भन्ने हैसियतलाई सुरक्षित बनाउन सक्दैनौ । त्यसैले भन्नै पर्ने हुन्छ, पहिला हामी नेपाली होउ त्यसपछि हामी विभिन्न जात जाती, भाषा भेषा सहितको धर्म संस्कृतिका बहुरङ्गि बहुवासनायुक्त बगैँचाका फुल होउ । हाम्रा बहादुर पुर्खाले आर्जेको नेपालका स्वााभिमानी देशभक्त नेपाली होउ। अनि त्यसपछि हामी भुगोलका हिसावले हिजो भन्ने गरेजस्तै चिसो हिमाल वरपर भोटमा बस्ने भोटे पहाडमा बस्ने पहाडी, मधेसमा बस्ने मधेसी को रुपले स्थापित थियौँ । जसरी झापामा बस्नेलाइ अहिले पनि हामी झापाली, स्याङ्जाका लार्इ स्याङ्जाली, गोर्खाका भए गोर्खाली भनेर सम्बोधन गर्छौ । हामी बहुजाती बहु भाषि बहु सांस्कृती बहुधर्मालम्वी भएको देश भएकै हुँदा हामी बगैँचामा फुलेका वास्नायुक्त बहुरङ्गि फुलजस्ता फुल होउ । यहाँ हामीले यसरी मिलेर बसेकै कारण हामी आज यहाँसम्म आइ पुगेका छौं । अब अगाडि बढ्नका लागि हामीले विश्वकै अगाडि स्वाभिमानी नेपालीको नेपाल बनाउनका लागि पहिला त हामी साच्चिकै नेपाली बन्न सक्नु पर्छ। तब मात्रै हामी काङ्ग्रेस÷कम्युनिष्ट जे बनेपनि हुन्छ।।
तर पछिल्ला चार दशक आसपास आएर हामीले कतै राष्ट्र र राष्ट्रियताको बाटो बिराएका त छैनौ ? हाम्रा पुर्वजले दिएको स्वाभिमानी शानले स्थापित नेपाललार्इ गुमाउँदै ता छैनौं ? कतै हामी राजनीतिका नाममा बहु सिद्दान्तका, बहुविचार र बहुपार्टीका नेता कार्यकर्ता बन्ने नाममा र बहानामा आफ्नो राष्ट्रिय स्वाभिमान लाई गुमाउदै त छैनौ भन्ने प्रस्नहरुको घेरामा परेका त छैनौ भन्नु पर्ने साङ्केतिक अवस्था देखिन थालेको छ। त्यसैले अब हामीले आफुले आफैसँग हामी साच्चिकै नेपाली बन्ने कहिले भन्नु पर्ने बेला आएको छ।
